Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार

नेपाली दूतावास साउदीबाट श्रम स्वीकृति नवीकरण सुरु

नेपाली दूतावास साउदीबाट श्रम स्वीकृति नवीकरण सुरु

शुक्रवार, भाद्र ६ २०८२
  • काठमाडौं। वैदेशिक रोजगारको क्रममा साउदी अरेबिया पुगेका नेपालीहरूले नेपाली दूतावास साउदीबाट श्रम स्वीकृतिको वैधानिकीकरण (नवीकरण) सुरु गरेका छन्।

    शुक्रबार नेपाली राजदूत डा. नरेश विक्रम ढकाल र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद सिंह भण्डारीको उपस्थितमा भर्चुअल माध्यमबाट बैधानिकरण श्रम स्वीकृति सुर गरिएको हो।

    images

    राजदूत ढकालले साउदी कार्यरत नेपालीलाई सहजीकरण गर्ने उद्देश्यले सो सुविधा ल्याएको बताए।  यस्तै श्रम नवीकरण गर्न नेपाल फर्किनुपर्ने बाध्यतालाई अन्त्य गरी साउदी दूतावासबाट नै  वैधानिक रूपमा अनलाइन माध्यममार्फत श्रम स्वीकृति नवीकरण गर्ने व्यवस्था सुरु गरिएको उनले बताए।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको नयाँ कार्यविधि अनुसार  यो व्यवस्थाले श्रम स्वीकृतिको म्याद सकिएर पनि वैधानिक रूपमा कार्यरत तर नेपाल फर्कन नपाएका श्रमिकहरूलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ।

    यस्तै सन् २०२४ सेप्टेम्बर ३० भन्दा पहिलेदेखि नै साउदी अरबमा कानुनी रूपमा कार्यरत श्रमिकहरूले श्रम स्वीकृति नवीकरणका लागि आवेदन दिनसक्नेछन्। आवेदन दिन श्रमिकहरूले वैदेशिक रोजगार विभागको आधिकारिक अनलाइन प्रणालीमा गएर फाराम भर्नुपर्ने व्यवस्था मिलाइएको श्रम काउन्सेलर कविराज उप्रेतीले बताए। आवेदन प्रक्रियालाई सहज र पारदर्शी बनाउन दूतावासले स्पष्ट कार्यविधि तोकेको उनले जानकारी दिए।

    श्रमिकहरूले आवेदनका साथमा आफ्नो राहदानी, साउदीको वैध आवासीय अनुमति पत्र (अकामा), नेपालमा गरिएको म्यादी जीवन बीमा, सामाजिक सुरक्षा कोष र वैदेशिक रोजगार कल्याणकारी कोषमा तोकिएको रकम जम्मा गरेको प्रमाण तथा हाल कार्यरत कम्पनीसँगको करार सम्झौता अनलाइनमा अपलोड गरिएको हुनुपर्ने छ।

    दूतावासले प्राप्त आवेदन र कागजातको आधिकारिकता जाँच गर्ने र प्रक्रिया स्वीकृत हुनुअघि आवेदकको जैविक विवरण (फोटो, आँखाको आइरिस स्क्यान र औँठाछाप) समेत लिइनेछ।

    कुनै कागजात अपुग वा अस्पष्ट भएमा आवेदन अस्वीकृत गरी थप विवरण पेस गर्न आवेदकलाई सूचित गरिने जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार