Oct 28 2026 | २०८३ कार्तिक १२ गते

आज पनि सुनचाँदीकै मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आज पनि सुनचाँदीकै मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

शुक्रवार, भाद्र ६ २०८२
  • काठमाडौं । आज पनि सुनचाँदीकै मूल्य बढेको छ। सुनको मूल्य आज तोलामा चारसय रुपैयाँ बढेको हो। हिजो सुनको मूल्य तोलाको एक हजार तीनसय रुपैयाँ बढेको थियो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको एक लाख ९५ हजार दुईसय रुपैयाँमा किनबेच भइरहेको छ। हिजो सुनको मूल्य तोलाको एकलाख  ९४ हजार आठसय रुपैयाँ थियो।

    images

    गएको बुधबार तोलामा एक हजार ६ यस रुपैयाँ घटेर सुनको मूल्य एक लाख ९३ हजार पाँचसय रुपैयाँमा झरेको थियो।गएको साउन २३ गते सुनको मूल्य एक लाख ९९ हजार चारसय रुपैयाँ पुगेको थियो। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो।

    आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेर दुईहजार तीनसय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार