Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सडक दुर्घटनामा परी मलेसियामा एक नेपालीको मृत्यु

सडक दुर्घटनामा परी मलेसियामा एक नेपालीको मृत्यु

आइतवार, जेठ २७ २०८१
  • मलेसिया। सडक दुर्घटनामा परी मलेसियामा एक नेपाली युवकको मृत्यु भएको छ ।वैदेशिक रोजगारीका लागि एकवर्ष अघि मलेसिया गएका रौतहट कटहरिया नगरपालिका ३ बड़का बरेडवा गाउँका २६ वर्षीय राकेश कुमार सोनारको ज्यान गएको हो।

    मलेसिया स्थित कम्पनीबाट काम सकेर कोठामा फर्किने क्रममा गत जेठ १६ गते ट्रकले ठक्कर दिँदा उनको घटना स्थलमै मृत्यु भएको पीडित परिवारले जनाएको छ। मृतकको को शव १० दिनपछि हिजो शनिबार साँझ नेपाल ल्याइ अन्त्येष्टि गरिएको कटहरिया ३ का वडाअध्यक्ष श्यामान्त यादवले बताए।

    images

    मृतक राकेशको परिवारले मलेसिया स्थित नेपाली राजदूतावासलाई उनी काम गर्ने कम्पनीबाट क्षतिपूर्तिका लागि पहल गरिदिन आग्रह गरेको छ। 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार