Oct 28 2026 | २०८३ कार्तिक १२ गते

कारले ठक्कर दिँदा माल्टामा ४२ वर्षीय नेपालीको मृत्यु

कारले ठक्कर दिँदा माल्टामा ४२ वर्षीय नेपालीको मृत्यु

आइतवार, श्रावण २५ २०८२
  • काठमाडौं । माल्टामा एक नेपालीको दुर्घटनामा मृत्यु भएको छ । म्याग्दी स्थायी ठेगाना भएका ४२ वर्षीय खिमबहादुर पुनको दुर्घटनामा मृत्यु भएको हो । 

    आइतबार बिहान बिरकिरकारा भन्ने स्थानमा उक्त दुर्घटना भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाका अध्यक्ष रेम्स खनालले जानकारी दिए । उनका अनुसार मृतक तीन वर्षदेखि माल्टामा रोजगारीमा रहेका थिए । 

    images

    उनको परिवार पोखरामा बस्दै आएको खुलेको छ भने परिवारलाई जानकारी गराइसकिएको खनालले जानकारी दिए । यसैगरी स्थानीय सञ्चारमाध्यम माल्टा टाइम्सका अनुसार ‘हिट–एण्ड–रन’ को घटना भएको हो ।  मोटरसाइकलमा सवार पुनलाई एउटा कारले ठक्कर दिएर भागेको थियो । 

    प्रारम्भिक अनुसन्धान अनुसार स्थानीय समय बिहान करिब ५ः२० बजे त्रिक साल्भु पसाइला सडकमा  कारले पुनले चलाएको मोटरसाइकललाई ठक्कर दिएको थियो ।  ठक्करपछि कार पार्किङमा राखिएका अरु तीनवटा गाडीमा ठोक्किएको बताइएको छ।

    दुर्घटनापछि कार चालक र दुई जना सवारहरू घटनास्थलबाट फरार भएका थिए। पीडितको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ।

    घटनाको केही मिनेटपछि भेटिएकी १८ वर्षीया मोस्टा निवासी युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई केही चोटपटक लागेको कारण माटर डेई अस्पताल लगिएको भए पनि स्वास्थ्य अवस्थाबारे जानकारी खुलाइएको छैन।

    उक्त घटनाका चालक र अर्को सवारको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। यस्तै हाल मृतकको शव  मातर–देई हस्पिटलमा राखिएको छ । केही साताअघि पनि माल्टामै एक नेपालीको पौडी खेल्नेक्रममा मृत्यु भएको थियो । 

    माल्टामा हाल करिब १० हजारको हाराहारीमा नेपाली कार्यरत रहेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार