Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

शुक्रवार, श्रावण २३ २०८२
  • काठमाडौं । आज सुनचाँदीकै मूल्य बढेको छ।

    प्रतितोला एक हजार रुपैयाँ बढेर  आज सुनको भाउ एकलाख ९९ हजार चारसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो। 
     
    गएको मंगलबार प्रतितोला एकलाख ९८ हजार पाँचसय रुपैयाँ पुगेको सुनको मूल्य बुधबार तोलामा एकसय रुपैयाँ घटेर एक लाख ९८ हजार चारसय रुपैयाँमा झरेको थियो। 

    images

    सुनको भाउ बिहीबार सोही मूल्यमा स्थिर थियो। आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १० रुपैयाँ बढेर दुईहजार तीन सय २५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार