Oct 28 2026 | २०८३ कार्तिक १२ गते

एनआरएनएका ५८ वटा एनसीसीमा अधिवेशन सकियो, ३४०० प्रतिनिधि छानिने

एनआरएनएका ५८ वटा एनसीसीमा अधिवेशन सकियो, ३४०० प्रतिनिधि छानिने

आइतवार, श्रावण १८ २०८२
  • काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ५८ वटा राष्ट्रिय समन्वय समिति (एनसीसी) को अधिवेशन सम्पन्न भएका छन् । निर्धारित समय जुलाई अन्तिमसम्मको अवधिमा ती देशमा अधिवेशन सम्पन्न गरिएका हुन् । 

    कतिपय देशमा भने दुई वटा एनसीसी समेत बनेका छन् । एनआरएनएभित्र दुई वटा समूह रहेकाले एनसीसी पनि कतिपय देशमा दुई वटा बनेका हुन् । 

    images

    विवादका कारण हाल एनआरएनएमा दुई वटा समूह छ । जसमा बद्री केसीले सचिवालयबाटै काम गर्दै आएका छन् भने सर्वोच्चको परमादेशअनुसार वैशाखमा भएको एकता महाधिवेशनबाट महेश श्रेष्ठ अध्यक्ष चयन भएका छन् । 

    श्रेष्ठले आफू वैध अध्यक्ष भएको जिकिर गर्दै केसी समूहले अक्टोबरमा १२ औँ महाधिवेशन गर्न नसक्ने बताउँदै आएका छन् । 

    तर, केसी पक्षले महाधिवेशन नरोकिने बताउँदै आएको छ । सोही १२औँ अधिवेशनका लागि ५८ वटा एनसीसीमा निर्वाचन सम्पन्न गरिएको ती सबै आफू पक्षीय भएको सो समूहको भनाइ रहेको छ । 

    केसी पक्षमा उपाध्यक्ष हेमराज शर्माले १२औँ अधिवेशनका लागि प्रतिनिधिको आवेदन अगस्ट १० देखि २० गतेसम्म  स्मार्ट एनआरएनए एपमार्फत खुला गरिने सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । 

    ‘गत महाधिवेशनको हाराहारीमा सदस्यहरू बनाई, अघिल्लो सङ्ख्याजस्तै ५८ एनसिसिहरूले निर्वाचन सम्पन्न गरिसकेका छन्। यी देशहरूबाट करिब ३,४०० प्रतिनिधि १२औं महाधिवेशनका लागि चयन हुनेछन्। यी प्रतिनिधिहरू ९मतदाता० ले नयाँ नेतृत्व चयन गर्नेछन्’, उनले फेसबुकमा लेखेका छन् । 

    उनका अनुसार प्रतिनिधिको संख्या पञ्जीकृत सदस्यको आधारमा निर्धारण हुनेछ। जापान, अष्ट्रेलिया, अमेरिका, क्यानडा, कतार, युके र युएईले क्रमशः २३३, २२८, २०८, १६८, १६०, १५०, र १४७ प्रतिनिधि पाउने छन्। १००० सम्म सदस्य भएका एनसिसिहरूले १०ः१ को अनुपातमा प्रतिनिधि पठाउने व्यवस्था रहेको उनको भनाइ रहेको छ । 

    यस्तै प्रतिनिधिको छनोट प्राथमिकताको आधारमा गरिने बताउँदै उनले  आवेदनको लागि सबै पञ्जीकृत सदस्यहरूलाई इमेल मार्फत आह्वान गरिने बताए । 

    स्मार्ट एनआरएनए एपबाट प्राप्त आवेदनहरूमा एनसिसिले विधानमा उल्लेखित प्राथमिकताको आधारमा प्रतिनिधि चयन गरी आईसीसीमा पठाउनेछ। यस्तै एनसिसिले १० प्रतिशत प्रतिनिधिहरू प्राथमिकतामा नपरेका व्यक्तिहरूबाट पनि छनोट गर्न सक्ने विधानमा उल्लेख छ । 

    तर, हालका आईसीसी संरक्षक, सल्लाहकार, मानार्थ परिषद्का सदस्यहरू, पदाधिकारी, सदस्यहरू, एनसिसिका निवर्तमान अध्यक्ष, नव निर्वाचित अध्यक्ष तथा नव निर्वाचित आईसीसी सदस्यहरू स्वतः प्रतिनिधिमा पर्ने बताइएको छ । 

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार