Oct 28 2026 | २०८३ कार्तिक १२ गते

अब म्यानपावर कम्पनीले वार्षिक १०० कामदार नपठाए पनि कम्पनी नवीकरण हुने

अब म्यानपावर कम्पनीले वार्षिक १०० कामदार नपठाए पनि कम्पनी नवीकरण हुने

शुक्रवार, श्रावण १६ २०८२
  • काठमाडौं । अब लगातार २ वर्षसम्म वार्षिक एक सय जना पनि कामदार विदेश पठाउन नसकेको अवस्थामा पनि म्यानपावर कम्पनी नवीकरण हुने भएका छन् ।

    केही नेपाल ऐन संशोधनमार्फत सरकारले वैदेशिक रोजगार ऐन, २०६४ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

    images

    यस अघि ऐनको दफा दफा १३ को उपदफा १ (घ२) मा लगातार दुई वर्षसम्म बार्षिक एक सय जना पनि कामदार पठाउन नसकेको अवस्थामा म्यानपावर कम्पनीको इजाजतपत्र रद्द गर्ने व्यवस्था थियो । उक्त व्यवस्था संशोधनमार्फत हटाइएको हो ।

    यद्यपी हरेक वर्ष मन्त्रिपरिषद् बैठकले पटके निर्णय गर्दै लगातार २ वर्षसम्म कम्तिमा एक सय जना कामदार नपठाउने म्यानपावर कम्पनीलाई नविकरण गर्ने व्यवस्था गर्दै आएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार