Oct 28 2026 | २०८३ कार्तिक १२ गते

राष्ट्रसंघ आर्थिक तथा सामाजिक परिषद्को अध्यक्षमा थापा चयन

राष्ट्रसंघ आर्थिक तथा सामाजिक परिषद्को अध्यक्षमा थापा चयन

शुक्रवार, श्रावण १६ २०८२
  • अमेरिका । संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोक बहादुर थापा संयुक्त राष्ट्र संघ आर्थिक तथा सामाजिक परिषद् (युनाईटेड नेशन्स इकोनोमिक एण्ड सोसल काउन्सील)को अध्यक्षमा चुनिएका छन्। यसअघि उपाध्यक्ष रहेका थापा वर्ष २०२५र२०२६ का लागि अध्यक्षमा चुनिएका हुन् । 

    राष्ट्र संघका मुख्य ६ वटा अंगमध्य एक ईकोनोमिक एण्ड सोसल काउन्सिलको अध्यक्ष चुनिएका थापा यो पदमा पुग्ने पहिलो नेपाली कूटनीतिज्ञ हुन्। थापाको कार्यकाल ३१ जुलाई २०२६ सम्म हुनेछ। अन्तर्राष्ट्रिय आर्थिक सहयोग र विकासलाई प्रवर्द्धन गर्ने मुख्य जिम्मेवारी रहेको यस परिषद्मा ५४ देश सदस्य रहेका छन्। 

    images

    आर्थिक तथा सामाजिक परिषद्को अध्यक्षता गर्दै संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि थापाले नेपालका लागि देखाएको भरोसा र विश्वासको निम्ति सदस्य राष्ट्रहरुलाई धन्यवाद दिएका छन् । आउँदो वर्ष परिषद्लाई समावेशी, प्रभावकारी र परिणाममुखी बनाउन साझा दृष्टिकोणका साथ अघि बढाउने धारणा समेत थापाले दिएका छन् ।  

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार