Oct 28 2026 | २०८३ कार्तिक १२ गते

आइटी आर्मीको बैठकलाई सम्बोधन गर्दै प्रभु साहले भने- वैदेशिक रोजगारको ठगी धन्दामा नेताहरूकै संलग्नता छ

आइटी आर्मीको बैठकलाई सम्बोधन गर्दै प्रभु साहले भने- वैदेशिक रोजगारको ठगी धन्दामा नेताहरूकै संलग्नता छ

शनिवार, जेठ २६ २०८१
  • काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले वैदेशिक रोजगारीका लागि नेपालबाट युवाहरू विभिन्न देशमा पुगिरहेको र कतिपयको त्यहाँ हत्या हुने गरेको बताउँदै त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् ।  आजपा निकटको आइटी आर्मीको शनिबार काठमाडौँमा बसेको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले सो कुरा बताएका हुन् ।

    साहले नेपालमा युवाहरू स्वास्थ्य परीक्षण गरी रोजगारका लागि विदेश गइरहेको तर कतिपयको हत्या हुने गरेको बताए ।  ‘हामी देखिरहेका छौँ दिनहुँ विदेशबाट युवाहरूको शव बाकसमा आइरहेको छ । नेपालबाट जानुअघि ती युवाहरूले स्वास्थ्य परीक्षण गरी कुनै रोग नलागेको प्रमाणित भएपछि मात्रै विदेश जान्छ । निरोगिता प्रमाणित भएपछि विदेश पुगेका युवाहरूको लास किन आइरहेको छ, त्यसको जवाफ यो सरकारले दिनुपर्छ । त्यसको जिम्मेवारी यो सरकारले लिनुपर्छ’ साहले भने, ‘एउटा निरोगी युवाको विदेशमा मृत्यु किन भयो ? त्यसको मृत्यु होइन हत्या भएको हो ।’ 

    images

    योग्यता, क्षमता अनुसारको रोजगार र पारिश्रमिक सरकारले उपलब्ध गराउन नसक्दा बाध्य भएर युवाहरू रोजगारको खोजी गर्दै खाडी मुलुक पुगिरहेको साहले बताए । तर यहाँका केही  नेताहरूका कारण वैदेशिक रोजगारीमै ठगी भइरहेको  बताउँदै उनले त्यसको पर्दाफास आइटी आर्मीले गर्नुपर्ने बताए । 

    ‘वैदेशिक रोजगारीको ठगी धन्दामा केही  नेताहरूको संलग्नता छ । देश र जनताका लागि राजनीति गरिरहेको नाटक गरिरहेका र राज्यसत्ताको दुरुपयोग गर्दै ती नेताहरू मोटाउने र सोझा साझा, निमुखा, गरिब मजदुर र युवाहरू मर्ने दिनको अन्त्य हुनुपर्छ । आइटी आर्मीले त्यस्ता चोर, फटाहा, राज्यसत्ताको दुरुपयोग गर्नेलाई जहाँको त्यही जनकारबाही गर्नुपर्छ’ अध्यक्ष साहले भने । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार