Oct 28 2026 | २०८३ कार्तिक १२ गते

क्यान्सर पीडितलाई गोर्खा साँझ टिमद्वारा ५० हजार सहयोग

क्यान्सर पीडितलाई गोर्खा साँझ टिमद्वारा ५० हजार सहयोग

बुधवार, श्रावण १४ २०८२
  • काठमाडौं । यूएईमा सञ्चालित सामाजिक संस्था गोर्खा साँझ टिमले क्यान्सर पीडित सरिता पुलामी मगरलाई आर्थिक सहयोग गरेको छ।

    स्याङ्जाको चापाकोट नगरपालिका–४ निवासी खेलाडी विवश पुलामी मगरकी आमासमेत रहेकी सरिता पुलामी मगरलाई क्यान्सर भएको जानकारी पाएपछि गोर्खा साँझले ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो।

    images

    विगतदेखि नै सामाजिक सेवामा सक्रिय रहेको गोर्खा साँझले उक्त सहयोग गरेको संस्थाका संयोजक भीम मल्ल ठकुरीले जानकारी दिए ।  गोर्खा साँझले हालैमात्रै दुबईमा गायक कुमा सागरको सहभागितामा भव्य सांगीतिक कार्यक्रम गरेको थियो । गोर्खा साँझले विगतदेखि नै नेपाल र यूएई दुबैमा समस्यामा परेकाहरुलाई सहयोग गर्दै आएको छ । 

    क्यान्सरज पीडित सरिता पुलामी मगर हाल भक्तपुरस्थित बी।पी। कोइराला मेमोरियल अस्पतालमा उपचाररत छिन्। 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार