Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार व्यवसाय क्षेत्रको सुधारका लागि परराष्ट्र मन्त्रीलाई ध्यानार्कषण पत्र

वैदेशिक रोजगार व्यवसाय क्षेत्रको सुधारका लागि परराष्ट्र मन्त्रीलाई ध्यानार्कषण पत्र

शनिवार, जेठ २६ २०८१
  • काठमाडौँ । वैदेशिक रोजगार व्यावसायिक गणतान्त्रिक मञ्चले वैदेशिक रोजगार व्यवसाय क्षेत्रको सुधारका लागि परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानार्कषण पत्र बुझाएको छ।

    वैदेशिक रोजगारको क्षेत्रमा देखिएका विद्यमान समस्या र तिनको समाधान कसरी गर्न सकिन्छ,भन्दै मञ्चले सुझावसहितको ध्यानार्कषण पत्र बुझाएको हो।  नेपालको अर्थतन्त्रमा टेवा  पुर्‍याउने वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनुपर्नेमा मञ्चले जोड दिएको छ।

    images

    वैदेशिक रोजगारमा जाने कामदारको हक हितको संरक्षण, वैदेशिक रोजगार ऐनमा सुधार, बजार प्रवर्द्धन र लागत खर्चको आधार  कामदार पठाउँदा लिने सेवा शुल्कमा समयानुकूल वृद्धि लगायतका व्यवसायीहरूका जायज मागहरू सम्बोधन गर्न बारम्बार अनुरोध गर्दै आएको विषय पुनः स्मरण गराएको छ।

    व्यवसायीहरूको निरन्तरको अनुरोध पछि पनि जायज मागहरूको प्रभावकारी सुनुवाइ नभएको अवस्था मञ्चको ठहर छ। आर्थिक वर्ष २०८१–०८२ को सरकारको नीति तथा कार्यक्रममा केही विषय समेटिए पनि त्यसपछि आएको बजेट वक्तव्यमा छिटफुट रूपमा मात्रै सम्बोधन भएको मञ्चको दाबी छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार