Oct 28 2026 | २०८३ कार्तिक १२ गते

ट्रम्पले फिलिपिन्सबाट आउने सामानमा लगाए १९ प्रतिशत ट्यारिफ

ट्रम्पले फिलिपिन्सबाट आउने सामानमा लगाए १९ प्रतिशत ट्यारिफ

बुधवार, श्रावण ७ २०८२
  • काठमाडौं । अमेरिकाले फिलिपिन्सबाट आउने सामानमाथि भन्सारमा १९ प्रतिशतको अतिरिक्त महसुल ९ट्यारिफ० लगाउने भएका छन् । ह्वाइट हाउसमा फिलिपिनी राष्ट्रपतिसँगको भेटघाटपछि डोनाल्ड ट्रम्पले यो घोषणा गरेका हुन् । 

    सामाजिक सञ्जालमा मंगलबार ट्रम्पले एउटा पोस्ट गरेका छन् । यसमा नयाँ ट्यारिफ बृहत्तर सम्झौताको एउटा हिस्सा भएको बताएका छन् । यस अनुसार फिलिपिन्सले अमेरिकी वस्तुमाथि लगाएको कर हटाउने र दुई देशले सैन्य सहकार्य गर्ने पनि बताइएको छ ।

    images

    ‘यो एउटा सुन्दर भ्रमण थियो, र हामीले व्यापार सम्झौतालाई निष्कर्षमा पुर्‍याएका छौँ ।’ ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन् । तर पोष्टमा उनले व्यापार सम्झौताका विस्तृत विवरण भने दिएका छैनन् ।

    फिलिपिन्सले पनि यसको तत्कालै पूष्टि गरेको छैन । तर यस योजनाले फिलिपिन्समाथि अप्रिलमा विश्वका कयौँ देशमाथि उनले लगाउँछु भनेर धम्की दिएको भन्दा धेरै कर थोपरिएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार