Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार

वैदेशिक रोजगारमा रहेकालाई आइपीओ भर्ने अवधि घट्यो

वैदेशिक रोजगारमा रहेकालाई आइपीओ भर्ने अवधि घट्यो

मंगलवार, आषाढ २४ २०८२
  • काठमाडौं । वैदेशिक रोजगारमा रहेकालाई आईपीओ भर्ने अवधि घटाएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकामा नवौँ संशोधन निर्देशिका २०८२ लागू गर्दै अवधि घटाएको छ ।

    यसअघि वैदेशिक रोजगारमा रहेकालाई आईपीओमा आवेदन दिने अवधि कम्तीमा १५ दिन कायम गरिएकोमा त्यसलाई घटाएर ४ कार्यदिनमा झारिएको छ ।

    images

    ४ दिनभित्र सम्पूर्ण रुपमा आईपीओ बिक्री नभएमा उक्त समयावधि खुल्ला भएको मितिले १५ दिनसम्म कायम रहने व्यवस्था गरिएको छ ।

    यो भन्दा अगाडी वैदेशिक रोजगारमा रहेकालाई छुट्याइने आईपीओ दुई दिनमै सबै बिक्री भए पनि १५ दिनसम्म आवेदनको म्याद रहने गरेको थियो ।

    अब ४ दिनमा सबै बिक्री भएमा १५ दिनको म्याद नरहने बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले जानकारी दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार