Oct 28 2026 | २०८३ कार्तिक १२ गते

ठगी

गुरुङ म्यानेजमेन्टको ठगी धन्दा, साढे २९ लाख लिएर दुई महिलालाई भारतमा बन्धक बनाइयो

गुरुङ म्यानेजमेन्टको ठगी धन्दा, साढे २९ लाख लिएर दुई महिलालाई भारतमा बन्धक बनाइयो

आइतवार, आषाढ २२ २०८२
  • काठमाडौं । सामाखुशीस्थित गुरुङ म्यानेजमेन्ट म्यानपावरबाट बुल्गेरिया पठाइदिने भन्दै कैलालीका अस्मिता बस्नेत र अंकिता चौधारीसँग साढे २९ लाख रुपैयाँ लिएको पाइएको छ ।

    बुल्गेरिया पठाइदिने भनी बिचौलिया राजकुमार भण्डारीले गुरुङ म्यानेजमेन्ट सामाखुशी लगेका थिए । अन्ततः अस्मिता र अंकिताको रकममात्र ठगिएन, भारतमा लगेर झण्डै एक महिना बन्धक जीवन बिताउनुपर्यो ।

    images

    उक्त म्यानपावर वैदेशिक रोजगार व्यवसायी संघका हालै निर्वाचित अध्यक्ष भुवनसिंह गुरुङको हो ।

    ad489097-f033-4a75-83e5-a939b9601b8c-1024x545.jpeg

    गुरुङको एजेण्ट राजकुमार भण्डारीले अध्यक्ष गुरुङकै म्यानपावरमा आर्थिक कारोवार गरेको समेत पीडितले उजुरीमा उल्लेख गरेका छन् । गुरुङको म्यानपावरमा गएर कुराकानी गर्दा पैसा दिने आश्वासन मात्र दिएको पीडित बस्नेतले जानकारी दिइन् ।

    भण्डारीले अस्मिता बस्नेतको १४ लाख र अंकिता चौधरीको १५ लाख ५० हजार लिएको उजुरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा परेको छ । उनीहरु गुरुङको म्यानपावरबाट भारत हुँदै बुल्गेरिया पठाउने भनेर भारतको दिल्ली हुँदै पन्जावमा राखेको, त्यसपछि फेरी दिल्ली ल्याएर अलपत्र परेको भन्दै पीडितले उजुरी कार्यालयमा दिएका छन् ।

    भण्डारी भने गुरुङको एजेन्ट भएको पीडितले बताईन् । 

    16179ccb-8200-4dc1-8d97-89120bc1f4fb-918x1024.jpeg
    9c498f24-18e6-49fa-aa00-b8e95f24c54b-1024x983.jpeg

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार