Oct 28 2026 | २०८३ कार्तिक १२ गते

असार २ गतेदेखि आईटी आर्मीले वैदेशिक रोजगार विभाग घेर्ने

असार २ गतेदेखि आईटी आर्मीले वैदेशिक रोजगार विभाग घेर्ने

शुक्रवार, जेठ २५ २०८१
  • काठमाडौँ । आम जनता पार्टी (आजपा) निकट आईटी आर्मीले वैदेशिक रोजगारसम्बन्धी विषयमा विभिन्न माग राख्दै असार २ गतेदेखि वैदेशिक रोजगार विभाग घेराउ गर्ने भएको छ । 

    आईटी आर्मीले वैदेशिक रोजगारीमा गएकाहरुको रगत र पसिनाले साटिएको रेमिटेन्सले देशको अर्थतन्त्र धानीरहेको कहालिलाग्दो सन्दर्भमा वैदेशिक रोजगार पिडितहरुलाई न्याय दिलाउनका लागि सचेतना अभिवृद्धि तथा जनदबाव स्वरूप २०८० साल जेठ २८ गते काठमाडौं उपत्यकामा खबरदारी र्याली गरेको थियो । यस्तै  २०८० साल भाद्र १३ गते प्रधानमन्त्री प्रचण्डलाई ११ बुँदे माग रहेको विशेष ध्यानाकर्षण सहितको ज्ञापन पत्र बुझाएको पनि बुझाएको थियो । त्यसपछि  पनि विभिन्न प्रारुपमा संघर्ष र सेवाको कार्यहरु निरन्तर जारी राख्दै आएपनि समस्याको ठोस एवं दीर्घकालिक समाधान नभएकाले संघर्षमा उत्रनु परेको संस्थापक अध्यक्ष चन्द्रभुषण साहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  

    images

    आइटी आर्मीले विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र ऐजेन्टलाई कारवाही गर्नुपर्ने,  बेरोजगार युवाहरुलाई स्वदेशमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अल्पत्र परेकाहरुको उद्दार गर्नुपर्ने, असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारवाही गर्नुपर्ने, फ्री भिसा फ्री टिकट व्यवहारतः लागू गर्नुपर्नेलगायतका माग अघि सारेको छ । 

    सो माग पूरा गराउनका लागि जेठ २६ गते, केन्द्रीय कमिटीको बैठकबाट आन्दोलनका लागि महत्वपूर्ण कार्यविभाजन गर्ने,  जेठ २७ गते, संघर्षको कार्यक्रमबारे जानकारी गराउन पत्रकार सम्मेलन गर्ने र असार २ गतेदेखि वैदेशिक रोजगार विभाग अगाडि शान्तिपूर्ण धर्ना तथा घेराउ कार्यक्रम गर्ने साहको भनाइ छ । प्रभु साह नेतृत्वको आजपाले भ्रष्टाचार र कुशासनविरुद्ध निरन्तर आवाज उठाउँदै आएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार