Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार व्यवसायी नेवाः समाज

वैदेशिक रोजगार व्यवसायी नेवाः समाजको अध्यक्षमा पुनः प्रधान

वैदेशिक रोजगार व्यवसायी नेवाः समाजको अध्यक्षमा पुनः प्रधान

आइतवार, आषाढ २२ २०८२
  • काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी नेवाः समाजको अध्यक्षमा पुनः किसन प्रधान निर्विरोध निर्वाचित भएका छन् । राजधानीमा सम्पन्न समाजको छैटौं वार्षिक साधारण सभाबाट क्राउन ओभरसिज कन्सल्ट्यान्स प्रालिका सञ्चालक प्रधान अध्यक्षतामा पुनः निर्विरोध निर्वाचित भएका हुन् ।

    समाजको सो साधारण सभाले सर्वसम्मतिको आधारमा प्रधानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समाजको प्रथम उपाध्यक्षमा विजयराज श्रेष्ठ, द्वितीय उपाध्यक्षमा दिनेश श्रेष्ठ, तृतीय उपाध्यक्षमा प्रविण श्रेष्ठ, महासचिवमा देवेन्द्र नारायण श्रेष्ठ, सचिवमा गगन श्रेष्ठ र कोषाध्यक्षमा चन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

    images

    यसैगरी, कार्यसमिति सदस्यमा निवर्तमान कोषाध्यक्ष मोती लक्ष्मी श्रेष्ठ, विद्यालक्ष्मी बज्राचार्य, अमितकुमार श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ र जानवीस श्रेष्ठ ‘जस्मिन’ निर्वाचित भएका छन् ।

    साधारण सभामा अध्यक्ष प्रधान, महासचिव श्रेष्ठ र कोषाध्यक्ष श्रेष्ठले पेश गरेको संघको वार्षिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन सर्वसम्मतिले पारित गरेकोे सो समाजले जनाएको छ ।

    नवनिर्वाचित अध्यक्ष प्रधानले यस समाजले वैदेशिक रोजगारीका क्षेत्रमा भएका समस्या समाधान गर्न संघलाई सहयोग गर्नुकासाथै नेवारी संसकृतिको विकास र उन्नयनका लागि समाजिक उत्तरदायित्वका काममा पनि सक्रिय रहेकोे बताए । उनले संघ नेतृत्वले घटक संस्था भन्ने, तर व्यवहारमा एकरूपता र निरन्तरता नदिएको भन्दै संघले नीतिगत तथा रचनात्मक काममा समाज जस्ता घटक संस्थाहरूलाई प्रभावकारी रूपमा समेट्न आवस्यक भएको धारणा राखे ।

    महासचिव श्रेष्ठले समाजले वार्षिक एससय संख्या समाधान, सेवा शुल्क परिमार्जन, युरोपियन मुलुकको मागपत्र प्रमाणीकरण लगायतका समस्या समाधानका लागि निरन्तर माग गरिरहेको जानकारी गराए । उनले व्यवसायी विरोधी ऐन तथा नीतिगत प्रावधानका लागि कानुनी लडाइँ लड्नेदेखि नेवाः सभ्यता र संस्कृतिको सम्मान एवं संरक्षणका लागि युवा व्यवसायीलाई यस समाजले उत्प्रेरित गर्दै आएको बताए ।

    सो कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष तथा प्रतिनिधि सभाका सांसद एलपी साँवा लिम्बू लगायत संघको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा कार्यसमिति सदस्यहरू, समाजका सल्लाहकारहरू, संघका पूर्वअध्यक्ष पुष्पलाल महर्जन, व्यवसायी तेजेन्द्रनाथ श्रेष्ठ, संघका प्रथम उपाध्यक्ष सुजितकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्ष देवकुमार खोखाली, कोषाध्यक्ष धनमाया सिञ्जाली श्रेष्ठ र समाजका निवर्तमान कोषाध्यक्ष श्रेष्ठलाई सम्मान गरिएको थियो ।

    यसैगरी, समाजलाई आर्थिक सहयोग गर्ने रामप्रसाद श्रेष्ठ, महेश श्रेष्ठ, मेघराज श्रेष्ठ, ध्रुव डंगोल, सुरज महर्जन, सूर्यकुमार श्रेष्ठ, राजेश श्रेष्ठ, दिलकुमार श्रेष्ठ, जानवीस श्रेष्ठ ९जस्मिन० र साजनमान जोशीलाई पनि सम्मान गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार