Oct 30 2026 | २०८३ कार्तिक १४ गते

समाचार

सिंहदरबार भित्रबाटै हरायो श्रम मन्त्रालयको गाडी

सिंहदरबार भित्रबाटै हरायो श्रम मन्त्रालयको गाडी

शुक्रवार, आषाढ २० २०८२
  • काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक मन्त्रालयको सवारीसाधन सिंहदरबार परिसरबाटै हराएको छ । मन्त्रालयको स्वामित्वमा रहेको महिन्द्रा स्कोर्पियो–एस फोर (प्रदेश ३–०१–००२ झ ५३६७) नम्बरको सरकारी गाडी सिंहदरबार परिसरबाट हराएको हो ।

    श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले हराइरहेको सो गाडी खोजी गरिदिनका लागि गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ काठमाडौँलाई असार १५ गते पत्राचार गरिसकेको छ ।

    images

     

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार