Oct 28 2026 | २०८३ कार्तिक १२ गते

बुटवलको रोजगार मेलाबाट पाए ३५ जनाले रोजगारी

बुटवलको रोजगार मेलाबाट पाए ३५ जनाले रोजगारी

शुक्रवार, जेठ २५ २०८१
  • बुटवल।रुपन्देहीको बुटवलमा आयोजित श्रमाधान रोजगार मेलाबाट ३५ जनाले रोजगारी पाएका छन् । बुधबार र बिहीबार गरी दुई दिनसम्म बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा चलेको मेला ६ हजार जनाभन्दा बढीले अवलोकन गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।

    उनका अनुसार ४१ वटा स्टलबाट ७ सय ३१ जनाका लागि आवेदन आह्वान भएकोमा रोजगारीका लागि १ हजार २ सय २८ जनाले आवेदन दिएका थिए । मेलामा ५ सय जनाले वैदेशिक रोजगार, मनोसामाजिक परामर्श, वित्तीय साक्षरतासम्बन्धी परामर्श सेवा प्राप्त गरेको उनले बताए । पाण्डेयका अनुसार मेलाबाट ३५ जनाले रोजगारी प्राप्त गरेका छन् भने १ सय ५० जना दोस्रो चरणका लागि छनोट भएका छन् ।

    images

    पाण्डेयले रोजगारीको खोजीमा रहेका युवा र रोजगारदाताका लागि कार्यक्रम सहायक सिद्ध भएको बताए । श्रम कार्यालय बुटवलका प्रमुख कृष्ण प्रसाद खनालले मेलाबाट आन्तरिक र बाह्य रोजगारीका लागि सहजीकरण गरिएको बताए ।श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, लुम्बिनी प्रदेश सरकार र बुटवल उपमहानगरपालिकाले संयुक्तरुपमा आयोजना गरेको रोजगार मेलामा ४१ वटा औद्योगिक प्रतिष्ठानहरूका स्टल रहेका थिए ।
     

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार