Oct 28 2026 | २०८३ कार्तिक १२ गते

एनआरएनए बेल्जियम

एनआरएनए बेल्जियमको महाधिवेशन २७ जुलाईमा

एनआरएनए बेल्जियमको महाधिवेशन २७ जुलाईमा

सोमवार, आषाढ १६ २०८२
  • काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको १२औँ महाधिवेशन जुलाई २७ मा हुने भएको छ।

    आइतबार लुभेनस्थित होटल मालोनमा संयोजक लोकेन्द्र नेपालको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको संघका महासचिव रुविना शर्माले जानकारी दिइन्।

    images

    बैठकले एनआरएनए अन्तर्राष्ट्रिय परिषद्को परिपत्र अनुसार अधिवेशन सम्पन्न गर्न लोकेन्द्र नेपालको संयोजकत्वमा समिति गठन गरिएकोमा स्वागत गरेको छ। साथै, आगामी दिनमा एकताबद्ध भएर जुनसुकै चुनौती सामना गर्दै जाने निर्णय पनि गरेको छ।

    त्यसैगरी बैठकले सदस्यता वितरणसम्बन्धी निर्णय पनि गरेको छ। जसअनुसार एमआईएस प्रणालीमार्फत जुलाई १४ तारिख राति १२ बजेसम्म सदस्यता वितरण गरिनेछ। सदस्यता शुल्क ५ युरो कायम गरिएको छ।

    बैठकले एमआईएस प्रणालीप्रति देखिएको असहमति र संस्था बाहिर रहने तयारीमा रहेका वा अहिलेसम्म आबद्ध हुन छुटेका सबै बेल्जियमवासी नेपालीलाई संस्थाभित्र समेट्दै बृहत् एकता कायम गर्न एमआईएस प्रणालीमार्फत सदस्यता लिन आग्रह गरेको महासचिव शर्माले जानकारी दिइन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार