Nov 07 2026 | २०८३ कार्तिक २२ गते

तारकेश्वर नगरपालिकाको १७ औं नगर सभा सुरु

तारकेश्वर नगरपालिकाको १७ औं नगर सभा सुरु

बैदेशिक रोजगार पोस्ट
मंगलवार, आषाढ १० २०८२
  • काठमाडौं । तारकेश्वर नगरपालिकाको १७ औं नगर सभा मिति २०८२ असार १० गते, मंगलबार  नगरपालिकाको सभाहलमा भव्य रूपमा सुरु भएको छ। 

    कार्यक्रममा नगर प्रमुख कृष्ण हरि महर्जनज्यूको सभाध्यक्षतामा उद्घाटन सत्र प्रारम्भ भएको छ।

    images

    दिउँसो १ बजेबाट सुरु भएको कार्यक्रममा नगर उप प्रमुख सृजना बुर्लाकोटी अर्यालज्यू उपाध्यक्षको रूपमा तथा प्रमुख प्रशासकीय अधिकृत ईश्वर प्रसाद आचार्यज्यू सभा सचिवको रूपमा सहभागीता रहेको थियो। उक्त कार्यक्रममा सबै वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू तथा शाखा प्रमुखहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    नगर प्रमुख महर्जनज्यूले कार्यक्रमको औपचारिक सुरुवात गर्दै उपस्थित सबै अतिथिहरुलाई मालाले स्वागत तथा सम्मान गर्नु भएको थियो। नगर प्रमुखज्यूकै आयोजनामा सम्पन्न कार्यक्रमको वातावरण आत्मीय र गरिमामय देखिएको थियो।

    नगरपालिकाको “पहिचान, अपनत्व र अधिकारस् दिगो विकासको आधार” भन्ने नारालाई आत्मसात गर्दै नगर सभा अघि बढ्ने संकेत दिइएको छ।

    2e44dbc2-3048-40d6-b175-988f1be8b635.jpeg
    undefined
    66fe870c-e60f-4b18-9471-eeecca627b40.jpeg

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार