Oct 28 2026 | २०८३ कार्तिक १२ गते

स्वदेशमा रोजगारी नपाएर वैदेशिक रोजगारीमा जाने बाध्यताको समाधान गरिने : मन्त्री अर्याल

स्वदेशमा रोजगारी नपाएर वैदेशिक रोजगारीमा जाने बाध्यताको समाधान गरिने : मन्त्री अर्याल

बिहिवार, जेठ २४ २०८१
  • बुटवल । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले  युवाले स्वदेशमा रोजगारी नपाएर वैदेशिक रोजगारीमा जाने बाध्यताको समाधान गरिने बताएका छन् ।

    लुम्बिनी प्रदेशको बुटवलमा बुधबारदेखि आयोजित श्रमाधान रोजगार मेलाको उद्घाटन गर्दै उनले रोजगारदाता र श्रमिकलाई एकआपसमा भेट गराउन श्रम मन्त्रालयले सातै प्रदेशमा श्रमाधान रोजागर मेलाको आयोजना गरेको बताए ।रोजगारदाताले दक्ष श्रमिक नपाएर विदेशबाट ल्याउनुपर्ने र श्रम बजारमा आएका युवाले रोजगारी नपाएर विदेश जाने अवस्थाको अन्त्य गर्न मेलालाई भरपूररुपमा प्रयोग गर्न पनि उनले आग्रह गरे ।

    images

    कार्यक्रममा लुम्बिनी प्रदेश आन्तरिक मन्त्रालयका सचिव लालबाबु कवारीले श्रमाधान रोजगार मेलालाई रोजगारदाता र श्रमिकको सम्बन्ध विस्तारका लागि उपयोग गर्न सकिने बताए ।मेलाले हाल स्वदेशमा रोजगारी नपाएर विदेश पलायन हुनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्यका लागि तत्काल परिणाममा नदेखिए पनि दीर्घकालसम्म राम्रो परिणाम दिने उनले बताए ।

    मेलालाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले कस्तो विषय पढेमा वा सीप सिकेमा स्वदेशमै रोजगारी पाइन्छ भन्नेमा यो मेला बढी उपयोगी हुने विश्वास व्यक्त गरे ।लुम्बिनी प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण शर्माले रोजगारदाता कम्पनीले स्वदेशमा दक्ष श्रमिक नपाउने ठूलो समस्या रहेको र सिक्दै गरेकालाई दक्ष बनाएपछि विदेश पलायन हुने अवस्थाले आफूहरू समम्स्या परेको बताए ।श्रम मन्त्रालय, उद्योग, पर्यटन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश, बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसंघ ९सिएनआई०ले संयुक्तरूपमा लुम्बिनी प्रदेशमा बुधबारदेखि मेलाको शुरुवात गरेका हुन् ।

    मेला आज बिहीबारसम्म चल्नेछ । जेठ १७ गते कोशी प्रदेशबाट शुरू भएको श्रमाधान रोजगार मेला बागमती प्रदेशको ललितपुरमा कार्यक्रम गरेपछि ३० गते सम्पन्न हुनेछ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार