Oct 28 2026 | २०८३ कार्तिक १२ गते

भुटानसहित थप ३६ देशका नागरिकलाई अमेरिकामा यात्रा प्रतिबन्ध लगाउँदै ट्रम्प प्रशासन

भुटानसहित थप ३६ देशका नागरिकलाई अमेरिकामा यात्रा प्रतिबन्ध लगाउँदै ट्रम्प प्रशासन

आइतवार, आषाढ १ २०८२
  • काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजिप्ट र जिबुटीजस्ता केही प्रमुख अमेरिकी साझेदारसहित थप ३६ देशका नागरिकविरुद्ध यात्रा प्रतिबन्ध लगाउनेबारे विचार गरिरहेको वासिङटन पोस्टले जनाएको छ ।

    अमेरिकी विदेशमन्त्री मार्को रुबियोद्वारा हस्ताक्षरित यससम्बन्धी एक मेमो शनिबार अमेरिकी राजदूतहरूलाई पठाइएको वासिङटन पोस्टलाई उद्धृत गर्दै द इन्डिपेन्डेन्टले जनाएको छ ।

    images

    उक्त मेमोमा यो सूचीमा समावेश देशलाई विदेशमन्त्रीद्वारा तोकिएका नयाँ सर्त पूरा गर्न ६० दिनको समय दिइने जनाइएको छ ।

    अमेरिकी विदेश मन्त्रालयले यी केही देशले विभिन्न मापदण्ड पूरा नगरेका आरोप लगाएको छ । विश्वसनीय परिचयपत्र प्रदान गर्न सक्षम वा सहयोगी केन्द्रीय सरकारी कार्यालयकोे अभाव र आफ्नो भिसाको सर्त उल्लंघन गर्ने ठूलो संख्यामा नागरिकको उपस्थिति हुनुजस्ता मापदण्ड ती देशले पूरा नगरेका बताइएको छ ।

    तर, अमेरिकाबाट निष्कासित तेस्रो देशका नागरिकलाई स्वीकार्न तयार भएमा ती देशले छुट पाउन सक्ने पनि जनाइएको छ ।

    भिसा, यात्रा वा अरू प्रतिबन्धको सामना गर्न सक्ने देशको सूचीमा अफ्रिकाका २५ मुलुक समावेश छन । सूचीमा अंगोला, बेनिन, बुर्किना फासो, केप भर्डे, क्यामरुन, आइभोरी कोस्ट, कंगो, जिबुटी, इथियोपिया, इजिप्ट, गाबोन, गाम्बिया, घाना, लाइबेरिया, मलावी, माउरिटानिया, नाइजर, नाइजेरिया, साओ टोमे, प्रिन्सिपे, सेनेगल, दक्षिण सुडान, तान्जानिया, युगान्डा, जाम्बिया र जिम्बाब्वे छन् ।

    केही क्यारेबियन देश पनि सूचीमा छन् । सूचीमा एन्टिगुआ र बार्बुडा, डोमिनिका, सेन्ट किट्स र नेविस र सेन्ट लुसिया छन् ।

    एसियाका चार देश सूचीमा छन् । एसियाका भुटान, कम्बोडिया, कीर्गिजस्तान र सिरिया सूचीमा छन् ।  ओसिनियाका टोंगा, टुभालु र भानुआतु सूचीमा छन् ।

    यी देशसँग बुधबार बिहान ८ बजेसम्म विदेश मन्त्रालयलाई नयाँ सर्त पूरा गर्ने कार्ययोजनाको प्रारम्भिक योजना पेस गर्न समय दिइएको जनाइएको छ । यात्रा प्रतिबन्ध यो म्यादपछि लागु हुने/नहुने भन्ने स्पष्ट छैन ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार