Oct 28 2026 | २०८३ कार्तिक १२ गते

श्रम सम्मेलनमा भाग लिन श्रममन्त्री भण्डारी जेनेभा प्रस्थान

श्रम सम्मेलनमा भाग लिन श्रममन्त्री भण्डारी जेनेभा प्रस्थान

शनिवार, जेठ २४ २०८२
  • काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी ११३ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा भाग लिन जेनेभा प्रस्थान गरेका छन्।

    शुक्रबार साँझ नेपाली टोलीको नेतृत्व गर्दै मन्त्री भण्डारी अन्तर्राष्ट्रिय श्रम संगठनको ११३औँ अन्तरराष्ट्रिय श्रम सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेका हुन्।

    images

    जेठको १९ देखि ३० गतेसम्म जेनेभामा ११३ औँ अन्तरराष्ट्रिय श्रम सम्मेलन सञ्चालन हुँदै छ। यस श्रम सम्मेलनमा मन्त्री भण्डारीले प्लेनरी सत्रमा सम्बोधनका क्रममा अनौपचारिक श्रमलाई औपचारिकीकरण, सामाजिक न्याय प्रवर्द्धन, मर्यादित रोजगारी, नेपालको दसवर्षे आन्तरिक रोजगारीको योजना साथै मुलुकको दीर्घकालीन लक्ष्य र प्राथमिकताका विषयहरूलाई प्रस्तुत गर्नेछन्।

    सचिवालयका अनुसार मन्त्री भण्डारीले जेठ २६ गते प्लेनरी सेसनलाई विशेष सम्बोधन गर्ने कार्यक्रम छ। सोही दिन अन्तर्राष्ट्रिय श्रम संगठनका महानिर्देशक गिल्बल्र्ट एफ हाउङवो र मन्त्री भण्डारीबीच द्विपक्षीय छलफल गर्ने कार्यक्रम छ।

    त्यसैगरी, साउदी अरेबियाको अन्तर्राष्ट्रिय मामिला उपमन्त्री डा. तारिक अल हमदसँग नेपाल र साउदी अरबको श्रमसम्बन्धी विषयमा द्विपक्षीय छलफल गर्ने कार्यक्रम रहेको छ।

    जेठ २९ मा हुने सामाजिक न्यायसम्बन्धी विश्वव्यापी गठबन्धनको मञ्च कार्यक्रममा सहभागी हुने र विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ। जेठ ३० गते सभाको प्लेनरी सेसनको समापन सत्रमा सहभागी भई भ्रमण टोली स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार