Oct 30 2026 | २०८३ कार्तिक १४ गते

करण केसीको शानदार ब्याटिङमा नेपालको रोमाञ्चक जित

करण केसीको शानदार ब्याटिङमा नेपालको रोमाञ्चक जित

मंगलवार, जेठ २० २०८२
  • अलराउन्डर करण केसीको उत्कृष्ट ब्याटिङको मद्दतमा नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गत भएकोत्रिकोणात्मक सिरिजको पहिलो खेलमारोमाञ्चक जित निकालेको छ । गएराति सम्पन्न खेलमा नेपालले घरेलु टोलीस्कटल्याण्डलाई एक विकेटले हराएको हो ।

    जितको लागिदुई सय ९७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४९।५ ओभरमा नौ विकेट गुमाएर पूरा गरेको हो ।नेपालको जितमा करण केसीले ४१ बलमा तीन चौका र चार छक्काको सहयोगमा अविजित सर्वाधिक ६५ रन जोडे । यस्तै ओपनर कुशल भुर्तेलले ४४ बलमा ११ चौकाको सहयोगमा ५३ रन जोड्दै अर्धशतक बनाए ।

    images

    कुशलले अर्का ओपनर आसिफ शेखसँग मिलेर पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरेका थिए आसिफ ३३ बलमा दुई चौकाको सहयोगमा २० रनमा आउट भए ।गुलशन झा ३० बलमा तीन चौका र तीन छक्काको सहयोगमा ४२ रन बनाएर पभिलियन फर्किँदा भीम सार्कीले ४८ बलमा तीन चौकाको सहयोगमा ४० बनाए । कप्तान रोहितकुमार पौडेलले ५६ बलमा ३७ रनको योगदान गरे ।

    स्कटल्याण्डका लागि ब्रेण्डन मक्कमलानले तीन, माइकल लिस्क र ज्याक जार्भिसले समान दुई र जसपर डेभिडसनले एक विकेट लिए ।

    यसअघि स्कटल्याण्डको फोर्थहिल क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर दुई सय ९६ रन बनाएको थियो ।

    स्कटल्याण्डका लागि चाल्र्स टेयर्सले सर्वाधिक ८० रन जोडे । उनले ७२ बलमा १२ चौका र एक छक्का प्रहार गरे । यस्तै फेन्ली म्याक्रिथले ५५ रन,कप्तान रिची बेरिङ्टनले ४०, म्याथ्यु क्रसले ३९ र माइकल लिस्क १८ रन जोड्दै आउट भए । ब्रेण्डन मक्कमुलनले ३१ बलमा दुई चौकाको सहयोगमा १९ रन जोड्दा ओपनर जर्ज मुन्सी १२ रनमा आउट भए ।

    नेपालका लागि सोमपाल कामी, करण केसी र रिजन ढकालले समान दुई र सन्दीप लामिछानेले एक विकेट लिए । अब नेपालले दोस्रो खेल भोलि नेदरल्यान्डससँग खेल्नेछ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार