Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको साधारण सभा असार तेस्रो साता हुने

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको साधारण सभा असार तेस्रो साता हुने

बुधवार, जेठ २३ २०८१
  • काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको साधारण सभा असार तेस्रो साता हुने भएको छ ।संघले आगामी असार १७ गते स्थापना दिवसको अबसर पारेर साधारण सभा गर्ने तयारी गरेको हो ।

    गैर सरकारी संस्थाको साधारण सभा आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र गर्नुपर्ने व्यवस्था रहेपनि यसपटक संघको विधान संशोधनको महत्वपूर्ण काम गर्नुपर्ने भएकाले त्यससम्बन्धी गृहकार्य नसकिएका कारण साधारण सभा केही ढिलो हुने भएको बताइएको छ ।

    images

    मौजुदा विधानमा परिवर्तन गरी संघ कार्यसमितिको कार्यकालको हालको दुई वर्षे अवधिमा एक वर्ष थप गरी ३ वर्षे बनाउने  र संघलाई संघीय संरचनामा लैजाने तथा व्यवसायी भलाइ कोष सञ्चालन गर्ने गरी विधानमा संशोधनको तयारी संघका महासचिव मेघनाथ भुर्तेलले जानकारी दिए । उनले संघ कार्यसमितिको हालको दुई वर्षे कार्यकालको पहिलो एक वर्ष अध्ययन र दोस्रो वर्षको आधा अवधि अर्को साधारण सभा र निर्वाचनको तयारीमा लगाउनुपर्ने देखिएका कारणले ठोस उपलब्धिमूलक काम गर्न समय नपाएका कारण कार्यकाल थप गर्नु परेको महासचिव भुर्तेलले बताए।

    उनले संघको विधान र मुलुकमा क्रियाशील अन्य गैरसरकारी संस्थाहरूका विधानमा फरक व्यवस्था रहेकाले त्यसको अध्ययन गरी एकरूपता ल्याउने काम पनि भइरहेको बताए ।संघको विधानमा अध्यक्षको उम्मेदवार हुन कम्तीमा एक कार्यकाल पदाधिकारी भइ काम गरेकोे हुनुपर्ने प्रावधान छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार