काठमाडौं । सरकारले युवालाई बिनाधितो २ देखि ५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मन्त्री पौडेलले युवालाई बिनाधितो २ देखि ५ लाख सम्म ३ प्रतिशत ब्याजदरमा उपलब्ध गराइने बताए ।
उनले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलाई ६ अर्ब ८ करोड रुपैयाँ विनियोजन गरिएको बताए ।



