Oct 28 2026 | २०८३ कार्तिक १२ गते

गैरआवासीय नेपाली संघ र राष्ट्र बैंकबीच भेटवार्ता: लगानी प्रवर्द्धन र नीतिगत सुधारमा जोड

गैरआवासीय नेपाली संघ र राष्ट्र बैंकबीच भेटवार्ता: लगानी प्रवर्द्धन र नीतिगत सुधारमा जोड

बिहिवार, जेठ १५ २०८२
  • काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलसँग भेटघाट गरेको छ।

    बिहीबार राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा सम्पन्न उक्त भेटमा संघ र राष्ट्र बैंकबीचको आपसी सहकार्य तथा गैरआवासीय नेपालीको लगानी प्रवर्द्धन गर्न आवश्यक नीतिगत विषयहरूमा विस्तृत छलफल भएको थियो।

    images

    भेटका क्रममा केसीले नवनियुक्त गर्भनर प्रा.डा. पौडेललाई शुभकामना दिँदै समृद्ध नेपाल निर्माणमा गैरआवासीय नेपालीको लगानी तथा सहभागीता सहज बनाउन कानुनी र नीतिगत सुधारको लागि अनुरोध गरे।

    गभर्नर पौडेलले गैरआवासीय नेपालीको योगदानलाई संस्थागत गर्न राष्ट्र बैंक तयार रहेको र नीतिगत सुधारका लागि समेत सकारात्मक रहेको बताए।

    यस्तै लामो समयदेखि नेपाल सरकारसँग माग गर्दै आएका नीतिगत सुधारका पहलहरू सम्बन्धमा पनि पत्रमार्फत् जानकारी गराइएको थियो।

    भेटमा पूर्व युवा उपसंयोजक लोकराज शर्मा, एनआरएन नेपाल डेभलपमेन्ट फण्डका प्रमुख कार्यकारी अधिकृत अनिलराज भट्टराई, संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत समेतको उपस्थिति थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार