Oct 30 2026 | २०८३ कार्तिक १४ गते

भिजिट भिसा प्रकरण

गृहमन्त्री रमेश लेखकमाथि गम्भीर प्रश्न– के गर्दैछ कांग्रेस ?

गृहमन्त्री रमेश लेखकमाथि गम्भीर प्रश्न– के गर्दैछ कांग्रेस ?

“यो विषय उठिसक्यो,” रामहरि खतिवडाले भने, “संसद्मै जवाफ दिँदा उचित हुन्छ ।”

शुक्रवार, जेठ ९ २०८२
  • काठमाडौं । गृह मन्त्रालयकै सेटिङमा भिजिट भिसाको नाममा विदेश पठाउने गिरोहको ‘कनेक्सन’ गृह मन्त्रालयसम्मै पुगेको विषयले अहिले राजनीतिक तरंग सिर्जना गरेको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईसहित चार जनालाई नियन्त्रणमा लिएर छाडेको थियो ।

    images

    अहिले पनि तीन जना नियन्त्रणमै रहेका छन् । उनीहरुलाई भट्टराईले नै प्रयोग गरेको स्रोतको दाबी छ । खगेन्द्र सुुवेदी, कविता पौडेल र बालकृष्ण बस्नेतलाई नियन्त्रणमा लिइएको छ ।  आयोगका अधिकारीले उनीहरुको कम्प्युटर, मोबाइललगायत जफत गरेर अनुसन्धान थालेको जनाइएको छ ।

    भिजिट भिसामा जाने नेपालीहरुसँग कम्तिमा पनि ५० हजारदेखि तीन लाख रुपैयाँसम्म असुल गरेको पाइएको छ । उक्त गिरोहको ‘कनेक्सन’ गृह मन्त्रालयसम्मै पुगेको बताउँदै रमेश लेखकको समेत संलग्नतामा यो काम भएको भन्दै चर्को आलोचना भएको छ ।

    भट्टराईलाई विमानस्थलमा मन्त्री लेखकले नै पठाएको उल्लेख गर्दै अख्तियारले छापा मार्ने सुइँको पाएपछि उनलाई हतार हतारमा गृह मन्त्रालयमा तानिएको थियो ।

    यसले पनि माथिल्लो निकायसम्म मिलेमतो रहेको प्रष्ट हुने गृहकै एक अधिकारी बताउँछन् ।

    अख्तियारका एक अधिकारीले भने, “हामीले एकदमै गोप्य तरिकाले अनुसन्धान जारी राखेका छौँ । अहिलेसम्म जे जति कुराहरु बरामद भएका छन् । त्यसबाट केही खुल्दै जाने सम्भावना देखिन्छ ।”

    तर गृहमन्त्री लेखकले भने अहिलेसम्म मुख खोलेका छैनन् ।

    कांग्रेसले पनि अहिलेसम्म औपचारिकरुपमा केही बोलेको छैन । तर कांग्रेसका नेता तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले यतिधेरै प्रश्न उठेपछि संसद्मै पनि जवाफ दिनुपर्ने बताए ।

    “यो विषय उठिसक्यो,” उनले भने, “संसद्मै जवाफ दिँदा उचित हुन्छ ।”

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार