Oct 30 2026 | २०८३ कार्तिक १४ गते

भिजिट भिसा प्रकरण

भिजिट भिसा प्रकरण: अध्यागमनबाट १५ कर्मचारीको सरुवा

भिजिट भिसा प्रकरण: अध्यागमनबाट १५ कर्मचारीको सरुवा

‘आज दुई चरणमा १४ जना र यसअघि उपसचिव तीर्थराज भट्टराईसहित गरेर १५ जना कर्मचारीलाई सरुवा गरिएको हो’

शुक्रवार, जेठ ९ २०८२
  • काठमाडौं । भिजिट भिसा प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट सरुवा हुने कर्मचारीको संख्या १५ पुगेको छ। आज दुई चरणमा १४ जना र यसअघि उपसचिव तीर्थराज भट्टराईसहित गरेर १५ जना कर्मचारीलाई सरुवा गरिएको हो।

    भट्टराईलाई ७ गते अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ। उनी जेठ ६ गतेमात्रै गृहमन्त्रालयमा सरुवा भएका आएका थिए। अख्तियारले अहिले भट्टराईको मोबाइल पनि नियन्त्रणमा लिएर फरेन्सिक ल्याबमा पठाइसकेको छ।

    images

    गृहमन्त्रालयले भिजिट भिसा प्रकरणमा अध्यागमन कार्यालयका उच्च तहका कर्मचारीहरूकै संलग्नता भएको आशंकापछि नायब सुब्बा र कम्प्युटर अपरेटरको पनि सरुवा गरेको हो। अख्तियारले आयोगमा भएका कम्प्युटरलगायत विभिन्न डिभाइसहरू यसअघि नै नियन्त्रणमा लिइसकेको छ।

    नायब सुब्बा प्रेमप्रसाद पौडेललाई जिल्ला प्रशासन कार्यालय काठमाडौँमा, नायब सुब्बा वीरभद्र जोशी जिल्ला प्रशासन कार्यालय काठमाडौँमा, नायब सुब्बा नरबहादुर थापा जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा भएका छन्।

    त्यस्तै कम्प्युटर अपरेटरहरू उदेन सुवेदी, प्रदीपकुमार यादव, पवन गुरुङ, धनराज उपाध्याय र सहायक कम्प्युटर कमला श्रेष्ठलाई कारागार व्यवस्थापन विभाग वा अन्तर्गतका कार्यालयमा सरुवा गरिएको छ।

    त्यस्तै नायब सुब्बा सुबराज श्रेष्ठ जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, नायब सुब्बा दत्त लामा जिल्ला प्रशासन कार्यालय जाजरकोट, नायब सुब्बा गोविन्दप्रसाद अधिकारी जिल्ला प्रशासन कार्यालय गोरखा, नायब सुब्बा  तेजराज गौतम जिल्ला प्रशासन कार्यालय बाग्लुङ, नायब सुब्बा सुवास केसी जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिम, नायब सुब्बा कुवेरप्रसाद दाहाल जिल्ला प्रशासन कार्यालय धनकुटामा सरुवा गरिएको छ।  

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार