Oct 30 2026 | २०८३ कार्तिक १४ गते

सहकारी ठगी प्रकरण

रवि लामिछानेको रिटमा सुनुवाइ सकियो, आजै आदेश आउने

रवि लामिछानेको रिटमा सुनुवाइ सकियो, आजै आदेश आउने

शुक्रवार, जेठ ९ २०८२
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सुनुवाइ सकिएको छ । सर्वाेच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ सकिएकाले आजै आदेश आउने भएको छ।

    तीन दिन निरन्तर सुनुवाइ भएपछि आदेश आउन लागेको हो।  मंगलबार, बिहीबार र शुक्रबार उनको रिटमा सुनुवाइ भएको हो। बन्दी प्रत्यक्षीकरणसँगै थुनामा पठाउने उच्च अदालत, तुलसीपुर (बुटवल इजलास)को आदेशविरुद्ध परेको निवेदनउपर पनि सँगै सुनुवाइ भएको छ । जसमा लामिछानेलाई थुनामा राख्ने वा छाड्ने विषय सर्वाेच्चबाट आज टुंगो लाग्ने भएको छ ।

    images

    सहकारी ठगी मुद्दामा लामिछाने भैरहवा कारागारमा छन्। सहकारीसँग आफ्नो कुनै साइनो नहुँदा पनि आफूलाई राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाइएको आरोप लामिछानेले लगाउँदै आएका छन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार