Oct 28 2026 | २०८३ कार्तिक १२ गते

अमेरिकी राष्ट्रपति ट्रम्प आजदेखि साउदीको भ्रमणमा, कतारले ५५ अर्बको बोइङ जेट उपहार दिने

अमेरिकी राष्ट्रपति ट्रम्प आजदेखि साउदीको भ्रमणमा, कतारले ५५ अर्बको बोइङ जेट उपहार दिने

मंगलवार, बैशाख ३० २०८२
  • वासिंगटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज साउदी अरबको भ्रमणमा जाने भएका छन् । दोस्रो पटक राष्ट्रपति बनेपछि ट्रम्पको यो पहिलो औपचारिक विदेश भ्रमण हो । यसअघि उनी पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागी हुन अप्रिल २६ मा भ्याटिकन सिटी पुगेका थिए ।

    ट्रम्पले मंगलबार ९मे १३० मा साउदीको राजधानी रियादमा युवराज मोहम्मद बिन सलमान (एमबीएस) सँग भेट गर्नेछन् । त्यसपछि उनी मे १४ मा खाडी नेताहरुको शिखर सम्मेलनमा सहभागी हुन कतार जानेछन् । ट्रम्प आफ्नो भ्रमणको अन्तिम दिन मे १५ मा युएई पुग्नेछन् ।

    images

    खासमा अमेरिकाको राष्ट्रपति बनेपछि क्यानडा, मेक्सिको वा कुनै पनि युरोपेली देश घुम्ने पुरानो चलन रहेको छ । तर, सन् २०१७ मा राष्ट्रपति बनेपछि ट्रम्पले सबैभन्दा पहिले साउदी अरेबिया पुगेर यो परम्परा तोडेका थिए ।

    दोस्रो पटक राष्ट्रपतिको रूपमा सपथ लिएपछि ट्रम्पले पहिलो विदेशी व्यक्ति साउदी राजकुमार एमबीएसलाई अमेरिका बोलाएका थिए । दुई नेताले मध्यपूर्वमा स्थायित्व ल्याउने, क्षेत्रीय सुरक्षा सुदृढ गर्ने र आतंकवादविरुद्ध लड्ने प्रयासबारे छलफल गरेका थिए ।

    यसपछि साउदी सरकारले विज्ञप्ति जारी गर्दै आफ्नो देश आगामी चार वर्षभित्र अमेरिकामा ६०० अर्ब डलर लगानी गर्न तयार रहेको बताएको थियो । यद्यपि, ट्रम्पले भनेका थिए कि उनी यसलाई बढाएर १ ट्रिलियन डलरमा पुर्‍याउन चाहन्छन्, जसमा थप अमेरिकी सैन्य उपकरण खरिद पनि समावेश रहेको छ । साउदीको सार्वभौम सम्पत्ति कोष र सार्वजनिक लगानी कोष (पीआईएफ) मा ९२५ बिलियन रकम छ ।

    साउदीले यस कोषमार्फत अमेरिकामा धेरै लगानी गरिसकेको छ । साथै, युएईले पनि आगामी १० वर्षमा अमेरिकाको एआई, सेमिकन्डक्टर, ऊर्जा र पूर्वाधार क्षेत्रमा १.४ ट्रिलियन डलर लगानी गर्ने इच्छा पनि व्यक्त गरेको छ ।

    ट्रम्पले आफ्नो पहिलो कार्यकालमा साउदी अरेबियालगायत खाडी मुलुकसँग राम्रो सम्बन्ध स्थापना गरेका थिए । ट्रम्पले पद छोडेपछि पनि साउदी अरेबियाले ट्रम्पका ज्वाइँ र पूर्व सहयोगी जारेड कुशनरको फर्ममा २ अर्ब डलर लगानी गरेको थियो ।

    उता, कतारले ट्रम्पलाई ५५ अर्ब मूल्यको विशेष विमान जेट उपहार दिँदैछ ।

    जमाल खशोग्गीको हत्यापछि साउदी अरेबिया र अमेरिकाबीचको सम्बन्ध प्रभावित हुँदा कुशनरले त्यसलाई सम्हाल्न सहयोग गरेको दाबी धेरै रिपोर्टहरूले गरेका छन् ।

    ट्रम्पले साउदी अरेबियाको यो भ्रमण यस्तो समयमा गर्दैछन् जब उनको ट्यारिफले विश्वभर अशान्ति मच्चाएको छ । अमेरिकाको आर्थिक उत्पादन यस वर्षको पहिलो तीन महिनामा घटेको छ, जुन पछिल्लो तीन वर्षमा पहिलो गिरावट हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार