Oct 28 2026 | २०८३ कार्तिक १२ गते

बीमालेख बिक्री

घट्यो वैदेशिक रोजगार बीमालेख बिक्रीमार्फत हुने आम्दानी, कुन कम्पनीको आम्दानी कति ?

घट्यो वैदेशिक रोजगार बीमालेख बिक्रीमार्फत हुने आम्दानी, कुन कम्पनीको आम्दानी कति ?

बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरुको वैदेशिक रोजगार बीमालेख बिक्रीमार्फत हुने व्यवसाय गत आर्थिक बर्षको तुलनामा ४.८७ प्रतिशतले घटेको हो ।

मंगलवार, जेठ २२ २०८१
  • काठमाडौँ । जीवन बीमा कम्पनीहरूमा वैदेशिक रोजगार बीमालेख बिक्रीमार्फत हुने हुने व्यवसाय घटेको छ । 

    बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरुको वैदेशिक रोजगार बीमालेख बिक्रीमार्फत हुने व्यवसाय गत आर्थिक बर्षको तुलनामा ४.८७ प्रतिशतले घटेको हो । 

    images

    प्राधिकरणको अनुसार चालु आर्थिक बर्षको १० महिनामा  अर्थात बैशाख मसान्तसम्ममा वैदेशिक रोजगार बीमालेखबाट जीवन बीमा कम्पनीहरुले २ अर्ब ५८ करोड १० लाख रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेका छन् ।  जुन गत आर्थिक बर्षको सोही अवधीको तुलनामा ४.८७ प्रतिशतले घटेको देखिएको हो । गत आर्थिक बर्षृको बैशाख मसान्तसम्ममा कम्पनीहरूले २ अर्ब ७१ करोड ३२ लाख रुपैयाँ व्यवसाय भित्र्याएको थियो । 

    हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीमध्ये १० वटा कम्पनीले मात्रै हाल वैदेशिक रोजगार बीमालेख बिक्री गर्दै आइरहेका छन् । जसमध्ये ६ वटा कम्पनीको यस्तो व्यवसाय गत आवको तुलनामा घट्न पुगेको छ भने बाँकी ४ वटा कम्पनीले भने उल्लेख्य बढाएका छन् । समग्रमा उक्त बीमालेख बिक्री गरेका बीमकहरुको यस्तो व्यवसाय भने ४.८७ प्रतिशतले घटेको देखिएको हो ।  

    वैदेशिक रोजगार बीमालेखमार्फत कुन कमपनीले कति भित्र्याए व्यवसाय ?

    प्रधिकरणको अनाुसार चालु आर्थिक वर्षको १० महिनासम्ममा जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेखमार्फत २ अर्ब ५८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । तर यो व्यवसाय गत आवको तुनलामा भने सामान्य गिरावट हो । गत आवको सोही अवधिसम्म जीवन बीमकहरुले यस्तो बीमालेख बिक्रीमार्फत २ अर्ब ७१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।  

    सर्वाधिक व्यवसाय भित्र्याउनेमा सन नेपाल लाइफ

    चालु आर्थिक बर्षको वैशाख मसान्तसम्म वैदेशिक रोजगार बीमालेख बिक्रीमार्फत सर्वाधिकव्यवसाय भित्र्याउनेमा सन नेपाल लाइफ रहेको छ । कम्पनीले ६४ करोड ७३ लाख रुपैयाँ वैदेशिक रोजगार बीमालेखमार्फ प्रिमियम संकलन गरेको छ । 

    यो रकम गत वर्षको तुलनामा ३२.५६ प्रतिशतले कम हो । गत आवको सोही अवधिसम्म सन नेपाल लाइफले यस्तो बीमालेखमार्फत ९५ करोड ९९ लाख रुपैयाँ प्रिमियम संकलन गरेको थियो ।  तथ्याङ्क हेर्दा पछिल्लो समय सन नेपाल लाइफको यस्तो व्यवसाय घट्दै गएको देखिन्छ । 

    अन्य कुन कम्पनीको कति ? 

    प्रधिकरणको अनाुसार चालु आर्थिक वर्षको १० महिनासम्ममा नेपाल लाइफले वैदेशिक रोजगार बीमालेखमार्फत  ५४ करोड १६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । 

    यस्तै, आइएमई लाइफले ३० करोड ५९ लाख, एशियन लाइफले २५ करोड १ लाख, नेशनल लाइफले २३ करोड १२ लाख, सुर्यज्योति लाइफले १८ करोड ८० लाख, सानिमा रिलायन्स लाइफले १७ करोड २८ लाख, रिलायबल नेपाल लाइफले १५ करोड ५५ लाख, सिटिजन लाइफले ८ करोड ६५ लाख र प्रभु महालक्ष्मी लाइफले १७ लाख रुपैयाँ मात्रै यस्तो बीमालेख बिक्रीमार्फत प्रिमियम संकलन गरेको छ ।  

    गत आवको तुलनामा यस्तो व्यवसाय ४ वटा कम्पनीले बढाएका छन् भने बाँकी ६ वटा कम्पनीको व्यवसाय घटेको छ । सर्वाधिक व्यवसाय बढाउनेमा एशियन लाइफ रहेको छ । गत वर्ष वैदेशिक रोजगार बीमालेखमार्फत ६३ लाख रुपैयाँ मात्रै प्रिमियम संकलन गरेको एशियनले चालु आवको यस अवधिसम्म ३८६९.९४ प्रतिशतले व्यवसाय बढाएर २५ करोड १ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । 

    सरकारले वैदेशिक रोजगारमा गएका नेपाली कामदारको बीमा सुविधामा विस्तार गरी कामदारको स्वास्थ्य बीमातर्फ साविकको सुरक्षा तथा सुविधालाई विस्तार गरी जीवन बीमा, आयको नोक्सानी लगायतका सुविधाहरुका अतिरिक्त मृगौला फेल, क्यान्सर जस्ता विभिन्न १५ प्रकारका घातक रोग बापत थप ५ लाख बीमाङ्क बराबरको बीमा हुने व्यवस्था २०७३ माघ १५ गतेबाट लागू गरेको थियो ।  

    उक्त व्यवस्थापछि वैदेशिक रोजगारीमा जाने नेपाली कामदारले सम्बन्धीत जीवन बीमा कम्पनीबाट २० लाख रुपैयाँसम्मको बीमा दाबी रकम पाउन सक्ने व्यवस्था रहेको छ ।   

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार