Oct 28 2026 | २०८३ कार्तिक १२ गते

‘एनआरएनए कन्क्लेभ’ आयोजना हुँदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

‘एनआरएनए कन्क्लेभ’ आयोजना हुँदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

शुक्रवार, बैशाख २६ २०८२
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा आयोजना गरेको ‘एनआरएनए कन्क्लेभ २०२५’ को उद्घाटन गर्ने भएका छन् ।

    “एनआरएनको अधिकार, समृद्धिको आधार” भन्ने मूल नाराका साथ आगामी बुधवार (मे १४) काठमाडौँमा आयोजना हुने कन्क्लेभको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने पक्का भएको हो।

    images

    अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्रीलाई औपचारिक निमन्त्रणा दिएको छ। बुधबारको भेटका क्रममा प्रधानमन्त्री ओलीले गैरआवासीय नेपाली संघलाई सबै नेपालीको साझा, गैरराजनीतिक संस्था बनाउनुपर्नेमा जोड दिए ।

    उनले संघले उठाएका जायज मागप्रति सरकार सधैं सकारात्मक रहेको उल्लेख गरेको संघले जनाएको छ  ।

    केसीले प्रधानमन्त्रीलाई कन्क्लेभको उद्देश्यबारे जानकारी गराउँदै गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन, नेपालमा लगानी, श्रम तथा आप्रवासन, पर्यटन प्रवर्द्धन लगायत विषयहरूमा केन्द्रित कार्यक्रम आयोजना गरिने जानकारी दिए । सो अवसरमा अर्थमन्त्री विष्णु पौडेललाई पनि कन्क्लेभमा सहभागी हुन अनुरोध गरिएको संघद्वारा जारी प्रेस नोटमा उल्लेख छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार