Oct 28 2026 | २०८३ कार्तिक १२ गते

एनआरएनए

सांसद गिरीद्वारा एनआरएन नागरिकता कार्यान्वयन गर्न माग

सांसद गिरीद्वारा एनआरएन नागरिकता कार्यान्वयन गर्न माग

बिहिवार, बैशाख २५ २०८२
  • काठमाडौँ । नेपाली कांग्रेसका सांसद दीपक गिरीले संविधानले व्यवस्था गरेको सबै अधिकार पाउने गरी गैर आवासीय नेपाली (एनआरएन) नागरिकताको कार्यान्वयन गर्न माग गरेका छन्।

    प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा बोल्दै पूर्व मन्त्रीसमेत रहेका गिरीले  एनआरएन भनेका नेपालको विकासका साझेदार हुन् भन्दै  नेपाली नागरिक सरह एनआरएनहरुलाई पनि नेपालमा लगानी गर्ने कानूनी व्यवस्था गर्न सरकारसँग माग गरे ।

    images

    उनले  विश्वभरिबाट भेला भएका गैरआवासीय नेपालीहरुले एकता महाधिवेशनबाट सर्वसम्मतिले नयाँ नेतृत्व चयन गरेको भन्दै  अध्यक्ष महेश श्रेष्ठ लगायत पुरै टिमलाई बधाई पनि दिए ।

    'छुटेका साथीहरुलाई पनि समेटेर अगाडि बढ्न शुभकामना दिन चाहन्छु,' उनले भने।
    सोही बैठकमा एमाले सांसद् ठाकुर गैरेले एनआरएनए एकताबद्ध हुनुपर्नेमा जोड दिए । अहिले पनि एनआरएनएसँग सम्बन्धित केही विषय सर्वोच्चमा विचाराधिन रहेको उल्लेख गर्दै उनले यही बीचमा नयाँ समिति गठन भएको समाचारले एनआरएन विभाजित भएको देखिएको बताए ।

    गैरे अहिलेको आवश्यकता उनीहरूको बीचमा एकता कायम गर्नुपर्ने, सामुहिकतालाई बलियो बनाउनु पर्ने र त्यसको माध्यमबाट नेपालको हितमा अरु थप काम गर्नुपर्ने रहेको बताए ।

    यही बैशाख २० र २१ गते शेष घले नेतृत्वको उच्चस्तरीय समितिद्वारा आयोजित महाधिवेशनले महेश कुमार श्रेष्ठको नेतृत्वमा पुरै कार्यसमिति सर्वसम्मतिले चयन गरेको थियो।  तर बद्री केसीले नेतृत्व गरेको समूहले भने आगामी अक्टोबर महिनामा छुट्टै अधिवेशन गर्ने बताएको छ। 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार