Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नेपाली राजदूतावास कतारद्वारा श्रमिकसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

नेपाली राजदूतावास कतारद्वारा श्रमिकसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

सोमवार, जेठ २१ २०८१
  • नेपाली राजदूतावास कतारले श्रमिकसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।कतारस्थित नेपाली राजदूतावासको आयोजना र गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कतारको समन्वयमा आयोजना गरिएको उक्त कार्यक्रममा कतारमा कार्यरत नेपाली श्रमिकहरूको बाक्लो उपस्थिति रहेको थियो ।

     
    कार्यक्रममा दूतावासका श्रम काउन्सिलर टिकामणि न्यौपानेले कामदारका अधिकार र जिम्मेवारीको  बारेमा जानकारी दिएका थिए ।  श्रम सहचारी कृष्ण पौडेलले सामाजिक सुरक्षा कोष, कोषमा आवद्ध हुने तरिका, कोषमा आवद्ध भइसकेपछि हुने फाइदाका बारेमा वृत्तचित्र प्रस्तुत गरेका थिए ।उनले वैदेशिक रोजगारीमा रहेका श्रमिकले सामाजिक सुरक्षा कोषबाट प्राप्त गर्ने छुट, अन्य व्यवस्थासहित वैदेशिक रोजगार विभाग तथा सामाजिक सुरक्षा कोषको वेबसाइट, श्रम स्वीकृतिको बारेमा पनि  जानकारी गराएका थिए ।  

    images

    कार्यक्रममा श्रमिकहरूले नबुझेका विषयहरु श्रम सहचारी पौडेलसमक्ष उठाएका थिए ।उक्त कार्यक्रममा दूतावासकी तृतीय सचिव सन्ध्या भट्टराईले राहदानी बनाउँदा चाहिने कागजात, म्याद सकिएपछि फारम भर्ने, नवीकरण गर्नेसहित लाग्ने दस्तुरका बारेमा जानकारी गराएकी थिइन । 

    कार्यक्रममा कतारका लागि नेपाली राजदूत डा.नरेश विक्रम ढकालले सामाजिक सञ्जालमा समय बर्बाद गर्नुभन्दा समय मिलाएर सामाजिक सुरक्षा कोषका बारेमा युट्युबमा रहेका भिडियो हेर्न सबैलाई अनुरोध गरे । उनले दूतावासले सदैव श्रमिकका हितलाई प्राथमिकतामा राखेर काम गर्दै आइरहेको बताउँदै कार्यक्रमबाट सिकेका ज्ञानका कुरा आफ्ना साथीभाइहरूलाई पनि सिकाउन आग्रह गरे । आफूले कर्म गरिरहेको देशको नियम कानूनलाई पालना गर्नसमेत राजदूत ढकालले अनुरोध गरे ।  


    राजदूतावासका प्रथम सचिव कृष्णकुमार सुवेदीले संचालन गरेको उक्त कार्यक्रममा कतारमा रहेका नेपाली बिभिन्न बिधाका नेपाली व्याबसायीहरुको उपस्थिती थियो । कार्यक्रममा सहभागीहरुले श्रम कानून, राहदानी नवीकरण, बैंकमार्फत मात्र रकम पठाउनु पर्नेसहित सामाजिक सुरक्षा कोषमा आवद्ध हुने तरिका र फोन पेलगायतका विविध पक्षका बारेमा जानकारी पाएका थिए। उनीहरूले आफूले सिकेको विषय सँगै काम गर्ने सहकर्मी तथा चिनेजानेकाहरुलाई पनि सिकाउने उत्प्रेरणा मिलेको बताए । कार्यक्रम अवधिभर बसेका सहभागीहरुले अन्तरक्रियामा उत्साहजनकरूपमा भाग लिएको नेपाली दूतावासले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार