Oct 28 2026 | २०८३ कार्तिक १२ गते

एनआरएनए एकता महाधिवेशन

मध्यपूर्वलाई नेतृत्व दिन आरके शर्माको आग्रह

मध्यपूर्वलाई नेतृत्व दिन आरके शर्माको आग्रह

आइतवार, बैशाख २१ २०८२
  • काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अभियन्ता आरके शर्माले काठमाडौँमा भएको एकता महाधिवेशनबाट मध्यपूर्वलाई नेतृत्व दिन आग्रह गरेका छन् । उनले मध्यपूर्व सधैँ संघको नेतृत्वमा पुग्नबाट हेपिएको बताउदै यो पटक नेतृत्व दिन आग्रह गरेका हुन् ।

    गत शनिवारदेखि सुरु भएको एनआरएनए एकता महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै शर्माले ७५ प्रतिशत रेमिटेन्स पठाउने श्रमिकको क्षेत्रबाट गैरआवासीय नेपाली संघको नेतृत्व हुनुपर्ने बताए ।

    images

    उनले भने, ‘सधैँ मध्यपूर्व गैरआवासीय नेपाली संघको नेतृत्वमा हेपिएकै छ । यो पल्ट त्यस्तो नगरिदिनु होला । ७५ प्रतिशत रेमिटेन्स पठाउने श्रमिकको क्षेत्रबाट गैरआवासीय नेपाली संघको नेतृत्व हुन हुँदैन भन्ने यो मान्यताचाहिँ चिरिदिनुहुन म अनुरोध गर्छु ।’

    उनले एकता महाधिवेशनमा मध्यपूर्व, मलेसिया र कोरियासहितका देशबाटमात्रै १ हजार भन्दा बढी श्रमिक प्रतिनिधि एकता महाधिवेशन हुनुपर्छ भनेर काठमाडौँमा आएको बताए  उनले गैरआवासीय नागरिकताको निरन्तरताका साथसाथै अबको एजेन्डा सामाजिक सुरक्षा कोष, श्रमिक नेपालीको विषयले प्राथमिकता पाउनुपर्ने बताए ।

    १ हजार ३०० भन्दा बढी नेपाली श्रमिक विदेशका जेलमा रहेको उल्लेख गर्दै सही कानुनी सहायता पाउने हो भने सामान्य गल्तीले जेलमा रहेका उनीहरू छुट्न सक्ने शर्माको भनाइ थियो ।

    यस्तै खाडी तथा मलेसियामा ज्यान गुमाएका १ हजार ७०० जनाभन्दा बढी नेपालीका परिवारले बिमा रकम ३ वर्षभन्दा बढी समयदेखि पाउन नसकेको उल्लेख गर्दै  गैरआवासीय नेपाली कार्यान्वयन नहुँदा गलत तर्फबाट सम्पत्ति बेचेर बिदेसिने क्रम बढिरहेकाले गम्भीर बन्न पनि सरकारलाई आग्रह गरे ।

    एनआरएनएभित्र परराष्ट्रमन्त्री आरजु राणा देउवाको दबाबमा सर्वसम्पत्तिको नाममा कांग्रेस निकटका एनआरएनलाई नेतृत्व सुम्पिन लागेको भनेर चर्चा भइरहेको बेला शर्माले यस्तो बताएका हुन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार