Oct 28 2026 | २०८३ कार्तिक १२ गते

एनआरएनए एकता महाधिवेशन

शुक्रबार २ बजेभित्र शुल्क बुझाइ सक्न उच्चस्तरीय समितिको आग्रह

शुक्रबार २ बजेभित्र शुल्क बुझाइ सक्न उच्चस्तरीय समितिको आग्रह

एनआरएनए एकता महाधिवेशनको तयारी पूरा

शुक्रवार, बैशाख १९ २०८२
  • काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले भोलि वैशाख २० देखि २२ गते (मे ३–५, २०२५) काठमाडौँमा आयोजना हुन लागेको एकता महाधिवेशनको तयारी पूरा भएको जनाएको छ ।

    शनिवारदेखि काठमाडौँमा सुरु हुन लागेको महाधिवेशनका लागि विभिन्न देशबाट सयौँको सङ्ख्यामा  प्रतिनिधिहरू (डेलिगेट्स) आइसकेको र अरू बाटोमै रहेको पनि समितिले जनाएको छ । महाधिवेशन हुन नदिन गरिएका विभिन्न अवरोधका बाबजुद ठूलो सङ्ख्यामा प्रतिनिधिहरूको स्वतःस्फूर्त सहभागिताले  उच्चस्तरीय समितिको मनोबल बढाएको विज्ञप्तिमा उल्लेख छ ।

    images

    समितिले आज शुक्रवार, १९ वैशाख (मे २) दिउँसो २ बजेभित्र सबै डेलिगेटसलाई समितिको बालुवाटारस्थित सचिवालयमा दर्ता शुल्क बुझाएर एकताको महाधिवेशनमा सहभागी हुन अनुरोध गरेको छ ।"एनआरएनए उच्चस्तरीय समिति कानुनको सर्वोच्चता, विधिको शासन (रुल अफ ल) र सामूहिक बुद्धिमत्तामा विश्वास गर्दछ।  विगतका विवादहरूलाई अन्त्य गरी संस्थालाई नयाँ र एकताबद्ध ढङ्गले अगाडी बढाउन  सम्मानित सर्वोच्च अदालतको परमादेश, संघको विधानको मर्म र समितिद्वारा पारित कार्यविधिका आधारमा पारदर्शी किसिमले गएको झन्डै  ६ महिना देखि हामीले गरिरहेको प्रयास खेर नजाओस् भन्ने तर्फ हामी सचेत छौँ,"  समितिकी सदस्य सचिव जानकी गुरुङद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

    समितिको सचिवालयमा बैङ्कका कर्मचारीद्वारा डेलिगेट शुल्क बुझ्ने  र निर्वाचन समितिको गैरीधारास्थित कार्यालयमा प्रमाणीकरण गर्ने काम भई रहेको जानकारी गराउँदै समितिले जतिसक्दो छिटो सचिवालयमा गएर आवश्यक कागजात सहित दर्ता शुल्क बुझाउन सम्पूर्ण डेलिगेट्सहरुलाई अनुरोध पनि गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार