Oct 28 2026 | २०८३ कार्तिक १२ गते

दुबईको  ‘नेपाल फेस्टिभल’ मा झुमे नेपाली (तस्वीर सहित)

दुबईको  ‘नेपाल फेस्टिभल’ मा झुमे नेपाली (तस्वीर सहित)

सोमवार, बैशाख ८ २०८२
  • काठमाडौं । नेपाली कला, संस्कृति, पर्यटन र व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले मध्यपूर्वको प्रमुख शहर दुबईमा पहिलोपटक ‘नेपाल फेस्टिभल–२०२५’ भव्य रूपमा सम्पन्न भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यमा गत अप्रिल २० का दिन दुबईको क्रिक पार्कमा ‘नेपाल फेस्टिभल–२०२५’  सम्पन्न भएको हो।

    images

    मन्त्री पौडेलले नेपाल प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताले भरिएको देश भएको बताउँदै नेपाली संस्कृति, भाषा, कला, संगीत र पर्यटनलाई विश्वसामु चिनाउने जिम्मेवारी सबैको भएको उल्लेख गरे । उनले विदेशी नागरिकहरुलाई नेपाल भ्रमणको आह्वान गर्दै, पर्यटन मार्फत मुलुकको समग्र आर्थिक विकासमा योगदान पुर्‍याउन सकिने बताए ।

    यस्तै, नेपाल–यूएई  सम्बन्ध थप प्रगाढ बनाउने गरी स्वास्थ्य, शिक्षा, कृषि, व्यापार र लगानीका क्षेत्रहरूमा सहकार्यको अपार सम्भावना रहेको भन्दै मन्त्री पौडेलले द्विपक्षीय सहकार्यमा जोड दिए।

    N5.jpg

    नेपाली राजदूतावास, अबुधावीको संरक्षकत्व र समन्वयमा, गैरआवासीय नेपाली संघ, यूएई, नेपाली समाज यूएई, तथा यूएईमा क्रियाशील विभिन्न सामाजिक संघ–संस्थाहरुको संयुक्त पहलमा आयोजना गरिएको ‘नेपाल फेस्टिभल–२०२५’ ले यूएईमा बसोबास गर्ने नेपाली समुदायबीच एकताको सन्देशका साथै नेपालको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न उल्लेखनीय भूमिका खेलेको गैर आवासीय नेपाली संघ (एनआरएनए) यूएईका अध्यक्ष विकास शाहीले बताए । 

    यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले नेपाल फेस्टिवलले दुई देशबीचको सम्बन्ध थप मजबुत बनाएको भन्दै सांस्कृतिक कूटनीतिका माध्यमबाट नेपाल–यूएई सम्बन्धलाई नयाँ उचाइमा पु-याएको बताए। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले यूएईस्थित नेपाली समुदायलाई नेपालको समृद्धिमा भूमिका निर्वाह गर्न आग्रह गरे ।

    nepal-festival_UAE.jpg

    कार्यक्रममा नेपालको परम्परागत झाँकी, नृत्य, तथा नेपालबाट आएको सांगीतिक समूह सुरसुधासहित ख्यातिप्राप्त कलाकारहरूको सांगीतिक प्रस्तुति रहेको थियो। साथै, नेपाली संस्कृति झल्काउने ५० वटा स्टलहरूमा नेपाली खाना, हस्तकला, पर्यटन सामग्री आदि प्रदर्शन गरिएका थिए।

    N4.jpg

    फेस्टिवलमा यूएईका उच्च पदाधिकारी, विदेशी कूटनीतिज्ञ, विभिन्न अन्तर्राष्ट्रिय कम्पनीमा कार्यरत नागरिकहरु तथा नेपाली समुदाय सहित करिब ४० हजार दर्शकहरूको उपस्थिति रहेको नेपाली राजदूतावास, अबुधाबीले एक विज्ञप्तिमार्फत जनाएको छ।

    nepal.jpeg
    chandra-dhakal_UAE.jpg

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार