Oct 28 2026 | २०८३ कार्तिक १२ गते

राजदूतद्वय नेपाल र पण्डितलाई माल्टा र साइप्रसको पनि जिम्मेवारी

राजदूतद्वय नेपाल र पण्डितलाई माल्टा र साइप्रसको पनि जिम्मेवारी

बुधवार, बैशाख १० २०८२
  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले स्पेनका लागि नेपालका आवासीय राजदूत शनिल नेपाललाई गणतन्त्र माल्टाका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन् । बुधवार राष्ट्रपति पौडेलले नेपाललाई नेपालका लागि माल्टाको राजदूतमा नियुक्त गरेका हुन् ।

    त्यस्तै इजरायलका लागि नेपालका आवासीय राजदूत धनप्रसाद पण्डितलाई गणतन्त्र साइप्रसका लागि नेपालको राजदूतमा नियुक्त गरिएको छ ।

    images

    राष्ट्रपति कार्यालय शीतल निवासले संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नेपाल र पण्डितलाई माल्टा र साइप्रसको राजदूतको पनि जिम्मेवारी दिइएको जानकारी दिएको छ ।    

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार