Oct 28 2026 | २०८३ कार्तिक १२ गते

भेटवार्ता

यूएईका उपप्रधानमन्त्री राजधानीमा, द्विपक्षीय वार्ता आजै

यूएईका उपप्रधानमन्त्री राजधानीमा, द्विपक्षीय वार्ता आजै

बुधवार, बैशाख १० २०८२
  • काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) का उपप्रधानमन्त्री तथा विदेशमन्त्री महामहिम शेख अब्दुल्लाह बिन जायेद अल नाह्यान नेपालको दुईदिने औपचारिक भ्रमणमा मङ्गलबार साँझदेखि काठमाडौँमा रहेका छन् ।

    उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री  शरत्सिंह भण्डारी, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र उक्त मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरूले स्वागत गरेका थिए ।

    images

    परराष्ट्र मन्त्रालयका अनुसार यहाँ रहँदा यूएईका उपप्रधानमन्त्रीले उच्चस्तरीय राजनीतिक भेट गर्नुका साथै उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहको नेतृत्वको  प्रतिनिधिमण्डलसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । उपप्रधानमन्त्री नाह्यानका साथ यूएईका परराष्ट्र राज्यमन्त्री अहमद अली मोहम्मद अल सायेघ, आर्थिक तथा व्यापार मामिला सहायकमन्त्री सईद मुबारक राशिद अलहजेरी, ऊर्जा तथा दिगोपन मामिला सहायकमन्त्री अब्दुल्ला बलाला, नेपालका लागि यूएईका राजदूत अब्दुल्ला जरवान अलशाम्सी र यूएई सरकारका अन्य वरिष्ठ अधिकारीहरू छन् ।

    उपप्रधानमन्त्री नाह्यान नेतृत्वको प्रतिनिधिमण्डल आजै अपराह्न यूएई प्रस्थान गर्ने कार्यक्रम छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार