Oct 28 2026 | २०८३ कार्तिक १२ गते

स्वास्थ्य परीक्षण

वैदेशिक रोजगारीबाट फर्केका श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण

वैदेशिक रोजगारीबाट फर्केका श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण

शहीद धर्मभक्तमा बेग्लै ओपीडी वार्ड स्थापना

मंगलवार, बैशाख ९ २०८२
  • काठमाडौँ ।  वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षणका हुने भएको छ । उनीहरूको लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा निःशुल्क ओपीडी वार्ड स्थापना गर्ने निर्णय भएको हो ।

    गत आइतबार संयुक्त अरब इमिरेट्सको दुबईमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपाली श्रमिकहरूको उपचार तथा मानसिक स्वास्थ्य परामर्शका आवश्यक व्यवस्था गर्ने बताए अनुसार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले काम थाल्ने निर्णय गरेको केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताए ।

    images

    अब वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको स्वास्थ्य परीक्षणका लागि केन्द्रले बेग्लै निःशुल्क ओपीडी वार्ड स्थापना गर्ने निर्णय गरेको बताए । वैदेशिक रोजगारीबाट फर्केका जो कोहीले केन्द्रमा गएर निःशुल्क परीक्षण गराउन सक्ने उनले बताए ।

    यसैगरी केन्द्रले वैदेशिक रोजगारीमा जानेका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गर्ने अभिमुखीकरण तालिममा नसर्ने रोगसम्बन्धी जानकारी र बच्न अपनाउन सकिने उपायबारे जानकारीका लागि विज्ञ चिकित्सक खटाउने भएको छ । वैदेशिक रोजगार बोर्डलाई नसर्ने रोगसम्बन्धी जानकारीमूलक सामग्रीसमेत उपलब्ध गराउने निर्णय केन्द्रले गरेको छ । विदेशमै रहेका बखत देखिएका स्वास्थ्य समस्या समाधानका लागि बेग्लै हटलाइन नम्बर र सामाजिक सञ्जालबाट परामर्श दिनका लागि ड्युटीमा रहेका मेडिकल अधिकृतलाई धर्मभक्तले खटाउने भएको छ ।

    यसैगरी, वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि वैदेशिक रोजगार विभागबाट अनुरोध आएमा लागत खर्चमा मात्र परीक्षण रिपोर्टसमेत उपलब्ध गराउने निर्णय केन्द्रले गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार