काठमाडौँ । वैदेशिक रोजगारीमा जाने युवाहरूमाथि हुने अत्याचारले सीमा नाघ्दापनि सरकार मुकदर्शक बनेको आरोप आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले लगाएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै शाहले सरकारलाई यस्तो आरोप लगाएका हुन् । म्यानपावर व्यावसायीले गैर कानुनी रूपमा विदेश जाने युवाहरूसँग रकम लिइरहेको तर, यस्तोमा सरकार मूकदर्शक भएको भन्दै उनले त्यस्तो अत्याचार नरोकिए जनता विद्रोहमा उत्रनसक्ने खतरा रहेको बताए ।
फ्रि भिसा फ्रि टिकटको प्रावधान अन्तर्गत १० हजार भन्दा बढी शुल्न लिन नपाउनेमा म्यानपावर एजेन्टले लाखौँ रूपैयाँ असुल गरिरहेको भन्दै साहले त्यस्तो रकम सम्वन्धित व्यक्तिलाई फिर्ता दिनुपर्ने माग गरे ‘सरकाले न्याय दिलाउँछ कि दिलाउँदैन ? – उनले प्रश्न गरे ।
रोजगारीलाई नेपालको संविधानले मौलिक अधिकारको रूपमा स्थापित गरेको बताउँदै उनले मौलिक अधिकारको दायित्व सरकारले बहन गर्न सक्नुपर्नेमा जोड दिए । । तर, सरकार गम्भीर नहुँदा बेरोजगारीमाथि नै व्यापार हुने अवस्था बनेको उनले दोहो¥याए । ‘बेरोजगारमाथि व्यापार भइरहेको छ । बेरोजगार युवालाई आम्दानीको स्रोत बनाइएको छ । तिनीहरूलाई प्रयोग गरिएको छ’ उनको कथन थियो ।
वैदेशिक रोजगारीको नाममा अवैध अशुली गरेर लूटको धन्दा चलाउनेलाई तुरुन्त गिरफ्तार गरेर कानूनी कारवाही अघि बढाउन माग गर्दै सांसद साहले मेडिकल परीक्षण गरेर विदेश जाने युवाहरुले विदेशमा मृत्युवरण गर्नुपर्ने विडम्वनापूर्ण अवस्था कसरी आयो, त्यसको उत्तर खोज्नुपर्ने माग गरे । कमाउने सपना बोकेर विदेश गएको एउटा स्वस्थ नेपाली बाकसमा फर्कनुपरेको कारण सरकारले खोज्नुपर्ने माग पनि उनले गरे ।



