Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार व्यवसायी संघ

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा गुरुङ प्यानल विजयी

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा गुरुङ प्यानल विजयी

आइतवार, चैत्र ३१ २०८१
  • काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न ३१ औं साधारणसभाबाट नरेश गेलाललाई पराजित गर्दै उनी विजयी भएका हुन्।

    संघको अध्यक्षसहित बहुमत पदाधिकारीमा गुरुङ प्यानलबाटै निर्वाचित भएका छन्। प्रथम उपाध्यक्षमा सुजित कुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा देब कुमार खोखाली, महासचिवमा महेश कुमार बस्नेत, सचिवमा कुन्छा दोर्जे डिम्दोङ्ग, कोषाध्यक्षमा धनमाया सिजाली निर्वाचित भएका छन्।

    images

    संघको नयाँ नेतृत्वका लागि गुरुङ र गेलाल छुट्टाछुट्टै प्यानल बनाएर चुनाव लडेका थिए। नेकपा एमाले, एकीकृत समाजवादी र नेपाली कांग्रेसका असन्तुष्ट पक्षका मेनपावर व्यवसायीको एक प्यानल बनेर गेलालको अध्यक्षतामा उम्मेदवार बनेका थिए। भने नेपाली कांग्रेस, माओवादी केन्द्रका व्यवसायीहरू गुरुङको अध्यक्षतामा उम्मेदवारी दिएका थिए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार