Oct 28 2026 | २०८३ कार्तिक १२ गते

चीनमाथि अमेरिकाले लगायो १४५ प्रतिशत कूल भन्सार

चीनमाथि अमेरिकाले लगायो १४५ प्रतिशत कूल भन्सार

शुक्रवार, चैत्र २९ २०८१
  • काठमाडौं । अमेरिकाले चीनविरुद्धको भन्सार शुल्क १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत पुर्‍याएको छ।

    ह्वाइट हाउसले अमेरिका आउने चिनियाँ सामानमा लगाइएको भन्सार १४५ प्रतिशत रहेको जानकारी गराएको हो। बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामान आयात शुल्क १२५ प्रतिशत पुर्‍याइएको बताएका थिए।

    images

    तर अमेरिकी प्रशासनले यसमा पहिले लागु गरिएको २० प्रतिशत भन्सार यसमा नजोडिएकाले त्योसमेत चिनियाँ सामानको भन्सार शुल्क १४५ प्रतिशत हुने बताएको हो। यसअघि चीनले बदलामा अमेरिकी सामानमा ८४ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेको थियो।

    बुधबार ट्रम्पले बढाइएको कर चीनबाहेक सबै देशमा ९० दिनका लागि स्थगन गरेका छन्। योसँगै ती देशलाई १० प्रतिशत आधारभूत शुल्क मात्र लाग्नेछ। 

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार