Oct 28 2026 | २०८३ कार्तिक १२ गते

आज पनि सुनको मूल्यमा नयाँ कीर्तिमान, कतिमा हुँदैछ कारोबार ?

आज पनि सुनको मूल्यमा नयाँ कीर्तिमान, कतिमा हुँदैछ कारोबार ?

शुक्रवार, चैत्र २९ २०८१
  • काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले शुक्रबार नयाँ कीर्तिमान बनाएको छ । सुनको मूल्यले एक पछि अर्को रेकर्ड बनाउने क्रममा अघिल्लो दिनको तुलनामा शुक्रबार तोलामा ३ हजार ९०० रुपैयाँ बढेको हो ।

    यससँगै छापावाल सुनको मूल्य १ लाख ८५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ८१ हजार १०० रुपैयाँ कायम थियो ।

    images

    यस्तै चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ९०० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार ९०५ रुपैयाँ पुगेको हो। अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेकाले स्थानीय बजारमा पनि यसको प्रभाव परेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार