Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन

गुरुङ प्यानलको सचिवमा कुन्छाको उम्मेदवारी

गुरुङ प्यानलको सचिवमा कुन्छाको उम्मेदवारी

‘वैदेशिक रोजगार क्षेत्रमा देखिएका विकृति, विसङ्गतिको अन्त्य गर्ने मेरो योजना हुनेछ’

बिहिवार, चैत्र २८ २०८१
  • काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनका लागि भुवन सिंह गुरुङ नेतृत्वको प्यानलबाट सचिवमा कुन्छा दोर्जे डिम्दोङले उम्मेदवारी दिएका छन् ।

    आकृति रिक्युटिङका सञ्चालक तथा वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका महासचिव समेत रहेका कुन्छाले (भोलि) अर्थात् चैत्र २९ गते शुक्रवार हुने नयाँ कार्यसमिति चयनसहितको ३१औं वार्षिक साधरण सभामा नेपाली कांग्रेसनिकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसन र नेकपा माओवादी (केन्द्र) निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चको संयुक्त प्यानलबाट आफ्नो उम्मेदवारी दिएका हुन् ।

    images

    विगत दुई दशक देखि म्यानपावर व्यवसायमा आवद्ध रहि व्यवसायीहरुको समस्या समाधानको लागि आवाज उठाउदै आएका कुन्छाले वैदेशिक रोजगारलाई व्यवस्थित, मर्यादित तथा सम्मानित बनाउनुपर्छ भन्ने मान्यताका साथ आफ्नो उम्मेदवारी दिएको बताए ।

    ‘वैदेशिक रोजगार क्षेत्रमा देखिएका विकृति, विसङ्गतिको अन्त्य गर्दै यसलाई सम्मानित, व्यवस्थित मर्यादित व्यवसाय बनाउने मेरो योजना हुनेछ’

    उनले वार्षिक १०० जना कामदार अनिवार्य पठाउनुपर्ने प्रावधान हटाउने, वैदेशिक रोजगारीको सेवा शुल्क तोकिनु पर्ने, वैदेशिक रोजगार व्यवसायमा देखिएका सिन्डिकेटको अन्त्य गर्ने जस्ता महत्वपूर्ण विषयहरू मुख्य योजनामा रहेको बताए । व्यवसाय र व्यवसायीको हकहित, सहजीकरण जस्ता काम गर्दै आएका कुन्छाले नयाँ आकर्षक गन्तव्यको समेत खोजी गर्ने योजना अघि सारेका छन् साथै व्यवसायी हित विपरितका कुनै पनि कार्यका विरुद्धमा सशक्त भएर लड्न उनको प्रतिबद्धता रहेको छ ।

    प्रतिबद्धतापत्रमा उल्लेखित बुँदाहरु अक्षरश कार्यान्वयनमा ल्याउने आश्वासन दिँदै कुन्छाले भुवन सिंह गुरुङ नेतृत्वको प्यानललाई मतदान गरि आफूलाई सचिव पदमा निर्वाचित गराउन सबै व्यवसायीहरुसँग अपिल गरेका छन् ।

    गुरुङ नेतृत्वको संयुक्त व्यवसायीक समूहले ‘वैदेशिक रोजगार व्यवसायी हक, हित र सम्मान, लोकतान्त्रिक-गणतान्त्रिक समूहको निरन्तर अभियान’ लाई मुख्य चुनावी नारा बनाएको छ । संघको अध्यक्षका लागि गुरुङसँग नेकपा एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल नेतृत्वको प्यानलमा नेपाली कांग्रेसनिकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघको असन्तुष्ट समूह र नेकपा एकीकृत समाजवादी पार्टीनिकट एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन आबद्ध संयुक्त प्यानलबाट नरेश गेलाल प्रतिस्पर्धामा छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार