Oct 28 2026 | २०८३ कार्तिक १२ गते

लुम्बिनी विकास बैंक एनपिएस-नेसनल कार्ड स्वीच तथा नेपालपे कार्डमा आबद्ध

लुम्बिनी विकास बैंक एनपिएस-नेसनल कार्ड स्वीच तथा नेपालपे कार्डमा आबद्ध

बुधवार, चैत्र २७ २०८१
  • काठमाडौं । लुम्बिनी विकास बैंक र एनसीएचएलबिच सम्झौता भएको छ । बैंक र एनपिएस–एनसिएस तथा नेपालपे कार्डको प्रिन्सिपल मेम्बरसिपको लागि सम्झौता भएको छ ।  

    सम्झौतापत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र एनसीएचएलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।  

    images

    एनसीएचएलले हालै एनपिएस–एनसिएस पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय रसंस्थाहरुलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपालपे कार्ड अक्वायरिङ्गको लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै बैंक वित्तीय संस्थाहरू एनपिएस–एनसिएस र नेपाल पे कार्डमा आवद्ध भइरहेको छ।

     विभिन्न कार्ड स्विचहरूबिच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रुपमा स्थापना गर्दै छ ।  एनसीएचएलले ५४ भन्दा बढि बैंक तथा वित्तीय संस्थाहरू, १०० भन्दा बढि गैर–बैंकिङ्ग सदस्यहरूलाई राष्ट्रिय भुक्तानी सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार