-
‘वैदेशिक रोजगार व्यवसायी हक, हित र सम्मान, लोकतान्त्रिक-गणतान्त्रिक समूहको निरन्तर अभियान’चुनावी नारा
-
व्यवस्थापकीय सुधार देखि व्यवसायीलाई भलाई तथा कल्याणकारी कोषसम्म
-
बाध्यकारी नियम नितिगत रुपमै सदामा लागि अन्त्यसहित ११ बुँदे प्रतिबद्धता जारी
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनका लागि भुवन सिंह गुरुङ नेतृत्वको प्यानलबाट कोषाध्यक्षमा बिक्रम श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
शुभ हारती म्यानपावर प्रा.लि.का सञ्चालक श्रेष्ठले आगामी चैत्र २९ गते हुने नयाँ कार्यसमिति चयनसहितको ३१औं वार्षिक साधरण सभामा नेपाली कांग्रेसनिकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसन र नेकपा माओवादी (केन्द्र) निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चको संयुक्त प्यानलबाट आफ्नो उम्मेदवारी दिएका हुन् ।
विगत दुई दशक देखि म्यानपावर व्यवसायमा आवद्ध रहि व्यवसायीहरुको समस्या समाधानको लागि आवाज उठाउदै आएका श्रेष्ठले व्यवसायीहरुको नितिगत त्रुटीलाई संसोधन गरेर अधि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले म्यानपावर व्यवसायीहरुले भोग्नु परेको समस्यालाई समाधान गरि व्यवसायलाई समस्या मुक्त गरिने समेत उल्लेख गरेका छन् ।
वैदेशिक रोजगार व्यवसायलाई उच्च मूल्यांकन गर्दै यस क्षेत्रलाई उत्कृष्ट सेवामूलक उद्योग बनाउने श्रेष्ठको अभियान छ । प्रतिबद्धतापत्रमा उल्लेखित बुँदाहरु अक्षरश कार्यान्वयनमा ल्याउने आश्वासन दिँदै श्रेष्ठले भुवन सिंह गुरुङ नेतृत्वको प्यानललाई मतदान गरि आफूलाई कोषाध्यक्ष पदमा निर्वाचित गराउन सबै व्यवसायीहरुसँग अपिल गरेका छन् ।
गुरुङ नेतृत्वको संयुक्त व्यवसायीक समूहले ‘वैदेशिक रोजगार व्यवसायी हक, हित र सम्मान, लोकतान्त्रिक-गणतान्त्रिक समूहको निरन्तर अभियान’ लाई मुख्य चुनावी नारा बनाएको छ । संघको अध्यक्षका लागि गुरुङसँग नेकपा एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल नेतृत्वको प्यानलमा नेपाली कांग्रेसनिकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघको असन्तुष्ट समूह र नेकपा एकीकृत समाजवादी पार्टीनिकट एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन आबद्ध संयुक्त प्यानलबाट नरेश गेलाल प्रतिस्पर्धामा छन् ।



