Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार विभाग

वैदेशिक रोजगार विभागका महानिर्देशक खत्री मन्त्रालय तानिए, भुसाल गए

वैदेशिक रोजगार विभागका महानिर्देशक खत्री मन्त्रालय तानिए, भुसाल गए

सोमवार, चैत्र २५ २०८१
  • काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीको सरुवा गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै खत्रीलाई मन्त्रालय फिर्ता बोलाइएको हो । उनको ठाउँमा मन्त्रालयका सहसचिव जीवलाल भुसाललाई पठाइएको छ । 

    गत बिहीबार मन्त्रालयले खत्रीलाई मन्त्रालय तानेर उनको ठाउँमा भुसाललाई पठाएको हो ।  वैशाख पहिलो साता अवकाश पाउन लागेका खत्री मन्त्रालय तानिएका हुन् । गत भदौमा गृह मन्त्रालयबाट श्रम मन्त्रालयमा सरुवा भएर आएका खत्रीलाई विभागको महानिर्देशक बनाएर पठाएको थियो ।

    images

    तत्कालीन महानिर्देशक डण्डुराज घिमिरेलाई समेत मन्त्रालय झिकाएर खत्रीलाई पठाइएको थियो । घिमिरे हाल प्रधानमन्त्री तथा रोजगार कार्यक्रमको राष्ट्रिय कार्यक्रम निर्देशक तथा प्रवक्ताको रूपमा मन्त्रालयमै काम गर्दै आएका छन् । 

    विभाग गएको ८ महिनामै खत्रीको सरुवा गरेर मन्त्रालय झिकाइएको हो । यसअघि घिमिरेको समेत ८ महिनामै विभागबाट सरुवा गरिएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार