Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नेपाली जनप्रगतिशील मञ्च ओमनको अध्यक्षमा थापा

नेपाली जनप्रगतिशील मञ्च ओमनको अध्यक्षमा थापा

आइतवार, जेठ २० २०८१
  • मस्कट । नेपाली जनप्रगतिशील मञ्च ओमनको तेस्रो अधिवेशनले यमबहादुर थापा मगरको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय उपाध्यक्ष एवं पश्चिम एसिया प्रदेशका इन्चार्ज पम्फा भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले थापा मगरको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

    अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा चक्र तामाङ, उपाध्यक्षमा टिकाराम विश्वकर्मा र महिला उपाध्यक्षमा रिनामाया तामाङ, महासचिवमा पूर्ण विक, सचिवमा रितु सुनार, कोषाध्यक्षमा दिलबहादुर क्षेत्री चयन भएका छन् भने  २ सचिव र १ सहकोषाध्यक्ष पछि मनोनीत गरिने छ ।

    images

    अधिवेशनबाट सदस्यमा निर्वाचित हुनेहरूमा झमक बहादुर आले मगर, बोमबहादुर थापा मगर, लक्ष्मी तामाङ, डोलराज डुम्रे, एमबहादुर सुनारी मगर, घनश्याम केसि, मानबहादुर सार्की, सुनिता तामाङ, शिव ज्ञवाली, शिवलाल विक  प्रकाश एमसी रहेका छन् । 

    यसैगरी अनुशासन विभागको संयोजकमा तोलाकान्त भट्टराई चयन भएका छन् भने सह–संयोजकमा सुरेश बलारी चयन भएका छन् । अधिवेशनले प्रमुख सल्लाहकारमा डीबी क्षेत्रीलाई  चयन गरेको छ भने सल्लाहकारहरुमा पन्चराम स्याङ्तान र फुर्वा लामा चयन भएका छन् ।

    नेपाली जनप्रगतिशील मञ्च ओमनका अध्यक्ष उमेश विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको उक्त अधिवेशनमा प्रमुख अतिथिका अलावा ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्याल, माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पश्चिम एसिया प्रदेशका सहइन्चार्ज ओम शर्मा, , नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य डिबि क्षेत्री, नेपाली जनप्रगतिशील मञ्च पश्चिम एसिया प्रदेशका संयोजक शनिकुमार वलि लगायतकाले आफ्नो मन्तव्य राखेको थिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार